मनहरीको दिगो कृषि सहकारीको अध्यक्षमा पुनः स्याङ्तान
हेटौंडा- मकवानपुरको मनहरीमा रहेको दिगो कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः चन्द्रसिं स्याङ्तान चयन भएका छन् । मनहरी गाउँपालिका–२ मा रहेकोे दिगो कृषि सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारण सभाबाट स्याङतानको अध्यक्षतमा सर्बसम्मत ९ जना कार्यसमिति चयन भएको हो । कार्यसमितिलाई वडाअध्यक्ष राजकुमार पाख्रिनले सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नवगठित कार्यसमितिको उपाध्यक्षमा दिलबहादुर बुलुन, सचिवमा आत्माराम रुम्बा, कोषाध्यक्षमा मनमाया घलान रहेका छन् भने सदस्यमा गोमा घलान, गणेशबहादुर स्याङ्बो, रामकुमार स्याङ्तान, रचना मुक्तान, डिलमाया थिङ चयन भएका छन् ।
कार्यक्रममा ५ जना उत्कृष्ट बचतकर्ता र ५ जना ऋणीलाई सम्मानस्वरुप मायाको चिनो प्रदान गरिएको सस्थाका सूचना अधिकारी आत्माराम रुम्बाले जानकारी दिए । आगमी कार्ययोजनामा दुध संकलन, डेरी सन्चालन गर्ने, दुध उत्पादन गर्ने किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने र प्रचलित ब्याजदरलाइ घटाउने, शेयरसदस्यको अवश्यकता अनुसार सम्बन्धित निकायसँग समन्वय गर्ने लगायतको काम गर्ने रुम्बाले जानकारी दिएका छन् । दिगो कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका–२ का अध्यक्ष पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि सस्थापक अध्यक्ष हीरालाल स्याङ्तान, अतिथि वडासदस्य चमेलीमाया थिङ, कमला बिक, मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव सूर्यबहादुर गोले, मेन्दो टोल विकास संस्थाका अध्यक्ष बलिराज गोङ्बा लगायतको उपस्थिति रहेको थियो ।







