थाहानगरको वर्थिङ सेन्टरमा च्वाइस नेपालबाट उपकरण सहयोग
हेटौंडा-थाहा नगरपालिका–४ को दामन सहरी स्वास्थ्यकेन्द्र र थाहा–१२ को लिती आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टरका लागि उपकरण सहयोग गरिएको छ ।थाहा नगरपालिका र च्वाइस नेपालबीचको साँझेदारीमा भएको विभिन्न कार्यक्रमकोको समीक्षा तथा आगामी योजनाको विषयमा भएको छलफलको अवसरमा उपकरण हस्तान्तरण गरिएको हो । च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्माले नगरप्रमुख विष्णुबहादुर विष्ट तथा उपप्रमुख भरत गोपालीलाई उपकरण हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै निर्देशक शर्माले च्वाइस नेपालमार्फत भएको सहयोगको भरपुर उपयोग गरी नागरिकले लाभ प्राप्त गर्ने अपेक्षा गरे । नगरप्रमुख तथा उपप्रमुखले सहयोगी संस्थालाई धन्यवादसहित यस किसिमको सहकार्यको निरन्तरताको आग्रह गरे ।
समीक्षामा च्वाइस नेपालको सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी, आयआर्जनलगायत क्षेत्रमा भएको लगानी तथा प्रतिफलको विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो । थाहा नगरपालिकामा भएको कार्यक्रममा नगरप्रमुख विष्ट, उपप्रमुख गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, वडाध्यक्षहरु तथा शाखाप्रमुखको सहभागिता
रहेको थियो । त्यस्तै च्वाइस नेपालका राष्ट्रिय निर्देशक शर्मा, मकवानपुर कार्यक्रम संयोजक सुकराम दुलाल, पालुङ कार्यक्रमका प्रताप घिमिरे लगायतको उपस्थिति रहेको थियो । च्वाइस नेपालले थाहा नगरपालिकामा सन् २०१५ देखि नगरपालिकाको अवश्यकताको आधारमा सहभागितामुलक साझेदारी मोडलबाट शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, आयआर्जनलगायत क्षेत्रमा काम गर्दै आएको छ ।







