सहिदस्मारक प्रिमियर लिग–सिजन १ को अक्सन सम्पन्न
हेटौंडा- मकवानपुरको हेटौंडामा शनिबार वागेश्वरी टोल विकास संस्थाको आयोजनामा आगामी मंसिर २० गतेबाट हेटौंडा–११ मा सञ्चालन हुने सहिदस्मारक प्रिमियर लिगमा सहभागी खेलाडीको अक्सन भएको छ । हेटौंडा–४, खोपेगल्ली स्थित होटल आशीर्वादमा वागेश्वरी टोल विकास संस्थाका खेलसंयोजक सुदीप श्रेष्ठको अध्यक्षतामा भएको खेलाडी अक्सन कार्यक्रममा गोल्फिन्टार किङ्स, बागथली वारीयर्स, नवलपुर टाइटन्स र थानाभ¥याङ म्याव्रिक्स गरी चारवटा क्लबको सहभागीता रहेको थियो ।
प्रत्येक क्लबले अक्सनमा सहभागी भई २५ हजार रुपैयाँको सीमाभित्र खर्च गरी मार्की प्लेयरसहित अन्य १४ खेलाडी सोल्ड गरेको आयोजक सदस्य जिके बिष्णुले बताए । यस्तै लिगमा आमन्त्रित सहभागी क्लबको रुपमा रहेको हेटौंडा एकेडेमीले भने अक्सनमा सहभागी नभएको र क्लबसँग ९ जना खेलाडी रहेको र अनसोल्ड भएका खेलाडीमध्येबाट वडा बाहिरका ५ जना ग्रेडअनुसार खेलाडी प्रदान गरिने उनले जानकारी दिए । जिके बिष्णुले भने सबै क्लबले मार्की प्लेयरको रुपमा खेलाडी चयन गरीसकेका छन् । जसमा गोल्फिन्टार किङ्सले नवीन शर्मा, बागथली वारीयर्सले मन्दिप श्रेष्ठ, नवलपुर टाइटन्सले असिम श्रेष्ठ र थानाभ¥याङ म्याव्रिक्सले विपुल खनाल र हेटौंडा एकेडेमीले विकास पटेललाई यसअघि नै मार्की प्लेयरका रुपमा चयन गरीसकेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि बागेश्वरी टोल विकास संस्थाकी अध्यक्ष उर्मिला आचार्यले आफूहरुले स्थानीय खेलाडीको प्रबद्र्धन गर्न थालेको अभियानमा सबै वडावासीले सक्रिय सहभागी भइरहेकाले खुशी लागेको बताइन् । उनले आगामी दिनमा सहिदस्मारक प्रिमियर लिगलाई निन्तरता दिने प्रतिबद्धता गरिन् ।अक्सनमा ४२ जना वडाभित्रका खेलाडी र जिल्लाभित्रका तर, वडाबाहिरका ४४ जना गरी ८६ खेलाडी अक्सनमा सहभागी रहेका थिए । उनीहरुलाई ए, बी, सी गरी तीन ग्रेडमा विभाजनगरीएको र उनीहरुको अक्सन मूल्य पनि फरकफरक राखिएको आयोजक सदस्य सञ्जय बिडारीले बताए । सहिदस्मारक प्रिमियर लिग आगामी मंसिर २० गतेबाट मंसिर २७ गतेसम्म हेटौंडा–११ मा रहेको हेटौंडा एकेडेमीको खेलमैदानमा हुने आयोजकले बताएका छन् ।







