औषधि व्यवसायी आन्दोलित

साझाकुरा
२०८२ मंसिर १६, सोमबार १०:५९

हेटौंडा- औषधि व्यवसायीले संघीय सरकारले गरेको औषधि ऐन–२०३५ को संशोधन माथि आपत्ति जनाउँदै आन्दोलन सुरु गरेका छन् । नवीकरणमा ढिलाई हुँदा शतप्रतिशत जरिवाना र ३१ दिनपछि दर्ता नै खारेज हुने व्यवस्था लागू गरिएकोप्रति व्यवसायीले असहमति जनाएका हुन् । आन्दोलनको कार्यक्रम अन्तर्गत, आइतबार हेटौंडाका औषधि व्यवसायीले बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टाका लागि पसल बन्द गरी विरोध जनाएका थिए ।

हेटौंडा–१, राप्तीरोडस्थित औषधि व्यवसायी संघ मकवानपुरको कार्यालय परिसरमा भेला भएर व्यवसायीले ¥यालीसमेत निकालेका थिए । ¥यालीले राप्तीरोड, भिन्तुनापथ हुँदै पुनः कार्यालयमा नै पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले व्यवसायी माथि अन्याय हुने व्यवस्था खारेज गर्न माग गरे ।

विवादित उपदफा खारेज नभएसम्म आन्दोलनलाई थप कडा बनाउँदै लैजाने चेतावनी संघले दिएको छ । धर्ना कार्यक्रम सोमबार र मंगलबार रहने बताइएको छ । दैनिक एकएक घण्टा थप गर्दै दबाबमूलक आन्दोलनलाई निरन्तरता दिने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले सबै व्यवसायीको हकहितका लागि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*