पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक साझाकुरा १४ वर्षदेखि निरन्तर ‘क’ बर्गमा
हेटौंडा- हेटौंडाबाट बिगत १५ वर्षदेखि निरन्तर प्रकाशन भइरहेको साझाकुरा राष्ट्रिय दैनिक यो वर्षको बर्गिकरणमा पनि ‘क’ बर्गमा पर्न सफल भएको छ । प्रेस काउन्सिल नेपालले देशभरका ८ सय २६ पत्रपत्रिकाको २०७९÷८० को वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक नतिजाअनुसार क वर्गमा २ सय ४, ख वर्गमा ४ सय ६२, ग वर्गमा १ सय ५४ र घ वर्गमा ६ वटा परेका छन् । वर्गीकरण प्रक्रियामा ८ सय ९४ पत्रपत्रिका सामेल भएकामा ४७ वटा हुबहुमा परेको र आवश्यक कागजात पेश नगरेका २२ वटा गरी ६९ वटाको वर्गीकरण नतिजा स्थगित गरिएको काउन्सिलका उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीले जानकारी दिए । ब्यवसायिक र मर्यादित पत्रकारितालाई केन्द्रबिन्दु मानेर बिगत १५ वर्षदेखि प्रकाशित साझाकुरा ‘क’ बर्गमा बर्गिकरणमा परेपछि साझाकुराका प्रकाशक सबिन न्यौपानेले दैनिकका सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन् ।
नतिजाअनुसार मकवानपुर बाट हेटौंडा सन्देश दैनिक ‘क’ वर्ग, प्रदेश दैनिक ‘ख’ वर्ग, समृद्धसमाज दैनिक ‘क’ वर्ग, साझाकुरा दैनिक ‘क’ वर्ग, थाहादर्शन साप्ताहिक ‘ख’ वर्ग, मध्यस्थता साप्ताहिक ‘ख’ वर्ग, सहीखबर साप्ताहिक ‘ख’ वर्ग, नमस्कार साप्ताहिक ‘ख’ वर्ग, हेटौंडाखबरपत्र साप्ताहिक ‘क’ वर्ग, विकास खबरपत्रिका सप्ताहिक ‘ख’ वर्ग, श्रीअखबार साप्ताहिक ख वर्ग, चिनारी सन्देश साप्ताहिक ग वर्ग, मिसाइल पाक्षिक ख वर्ग, हाम्रो मातृभूमि त्रैमासिक क वर्ग, अक्षयअक्षर त्रैमासिक क वर्ग र लोकभावना त्रैमासिक ख वर्गमा परेका छन् ।
वर्गीकरणमा परेका ८२६ मध्ये राष्ट्रियस्तरका १४०, प्रदेशस्तरका १४२ र स्थानीयस्तरका ५४४ वटा कायम भएका छन् । वर्गीकरणमा सामेलमध्ये १८२ वटा दैनिक, ३ वटा अर्धसाप्ताहिक, ४७३ वटा साप्ताहिक, १२ वटा पाक्षिक, ७८ वटा मासिक, द्वैमासिक ४ वटा, त्रैमासिक ६ वटा, साहित्यिक ५६ वटा र भाषिक १२ वटा रहेका छन् । प्रेस काउन्सिल नेपालका अनुसार प्रेस काउन्सिल ऐन २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड २०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरणको प्रतिवेदन तयार गर्छ ।







