एकजिल्ला एक स्वस्थ्य सहर कार्यक्रमको उद्घाटन
हेटौंडा- बागमती प्रदेशमा एक जिल्ला एक स्वस्थ्य सहर कार्यक्रमको उद्घाटन् गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका हुन् ।एक स्वस्थ शहर, एक स्थानीय तह एक नमूना स्वास्थ्य संस्था, प्रदेश स्वास्थ्य सहजकर्ता लगायत कार्यक्रमको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन् । उनले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको बताएका हुन् । मुख्यमन्त्री बानियाँले नागरिक स्वस्थ्य भए मात्र समाज र राष्ट्र स्वस्थ्य हुने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बढाउन प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर काम गरिरहेको बताए ।
प्रदेश सरकारले यहाँ ‘एक जिल्ला एक स्वस्थ्य सहर’ कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्रदेश सरकारले स्वास्थ्य सेवाक्षेत्रलाई विशेष प्राथमिकता दिएर ‘एक जिल्ला एक स्वस्थ सहर’, ‘एक स्थानीय तह एक नमूना सहर’, ‘एक विद्यालय एक नर्स’ तथा स्वास्थ्य बीमालगायत कार्यक्रम अघि बढाएको उनले बताए । मुख्यमन्त्री बानियाँले गुणस्तरीय सेवामार्फत स्वस्थ्य प्रदेश बनाउन क्यान्सर, हृदयरोग तथा डायलासिस सेवालाई बिस्तार गरिएको उल्लेख गरे ।
त्यसैगरीस्वास्थ्य मन्त्री किरण थापामगरले सीमित साधन स्रोतका कारण अस्पतालहरु सञ्चालनमा समस्या भइरहेको बताए । मन्त्री थापाले स्वास्थ्य संस्थालाई व्यवस्थितरुपमा सञ्चालन गर्न तीनवटै तहकार सरकारबीच सहकार्य आवश्यक रहेको बताए । ‘तीनवटै तहले स्वास्थ्यक्षेत्रमा बजेट बनाउँदा कतिपय कार्यक्रममा दोहोरोपन देखिएको छ, हामी तीनवटै तहका जनप्रतिनिधि बसेर कार्यक्रम बनाउने हो भने दोहोरोपन हुँदैन’, उनले बताए । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि सशर्तका बजेट पठाउँदा पनि कतिपय गाउँपालिकामा ती बजेट खर्च नभएका उनले बताए ।
केन्द्र, प्रदेश र संघीय सरकारले कुनकुन कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । प्रदेश सकारले स्वास्थ्य क्षेत्रको विकासका लागि धेरै काम गरेको भए पनि त्यो अझै अपुग नै भएको मन्त्री थापाले बताए । कतिपय स्थानीय तहले सञ्चालन गरेको अस्पतालमा प्रदेश सरकारले उपकरण र जनशक्ति पठाइरहेको उनले जानकारी दिए ।
स्थानीय सरकारलाई प्राथमिकतामा राखेर कार्यक्रम र योजना बनाउनु पर्ने उनको धारणा छ । ‘प्रत्यक्ष भेटिने सकार स्थानीय सरकार हो, देखिने सरकार भनेको प्रदेश सरकार हो, लेखिने सरकार भनेको संघीय सरकार हो’, उनले भने । कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको सहभागिता रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले जानकारी दिइन् ।







