राष्ट्रिय ख्रिष्टियन महासंघ मकवानपुरको शुभकामना आदानप्रदान

साझाकुरा
२०८२ मंसिर १९, बिहीबार ११:०९

हेटौंडा-राष्ट्रिय ख्रिष्टियन महासंघ मकवानपुरको आयोजनामा ख्रिष्टमस उत्सव तथा नववर्ष सन् २०२६ को अवसरमा शुभकामना आदानप्रदान भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मुख्यमन्त्री बानियाँले सबै धर्म, जाति र संस्कृति भएकाबीच आपसी सम्मान र सहकार्य बढाउन योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उनले विविधताको सुन्दरता नै नेपालको पहिचान भएको उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र समतामूलक विकासका लागि सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । राष्ट्रिय ख्रिष्टियन महासंघ मकवानपुरका प्रतिनिधिले ख्रिष्टमस उत्सवले समाजमा भाइचारा, सेवाभावना र मानवताको मूल्यलाई अझ सबल बनाउने बताए । उनीहरुले प्रदेश सरकारसँग सहकार्य गर्दै सामाजिक तथा मानवसेवा कार्यक्रमलाई थप प्रभावकारीरुपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, धर्मका अगुवा, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका पदाधिकारीको सहभागिता रहेको थियो । साथै कार्यक्रममा सांस्कृतिक प्रस्तुति, प्रार्थना तथा मैत्रीपूर्ण अन्तरक्रियासहित सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*