मनहरीबाट लागूऔषधसहित चारजना प्रहरीको नियन्त्रणमा
हेटौंडा-मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित पुल नजिकैबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, मंगलबार साँझ विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा बाराकोजीतपुरसिमरा–१६ घरभई हाल हाल हेटौंंडा–१९ सान्नानटार बस्ने २६ वर्षीय अनिल सिंतान, मनहरी गाउँपालिका–५ बसन्तपुर बस्ने २३ वर्षीय संजित आले, बसन्तपुर घरभई हाल मनहरी–३ लामिटार बस्ने ३३ वर्षीय बिनोदबहादुर बल र मनहरी गाउँपालिका–५ बस्ने ३० वर्षीय सुरेश स्याङतान रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध खैरोहेरोइन २९२ मिलिग्राम धुलो तथा बा ८९ प ६२९३ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीसहित उनीहरुलाई इलाका प्रहरी कार्यालय मनहरीमा ल्याई थप अनुसन्धान अघि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।







