संस्कृतिविद टण्डनद्वारा क्लबलाई पुस्तक सहयोग

साझाकुरा
२०८२ मंसिर २५, बुधबार ११:४०

हेटौंडा- संस्कृतिविद डा. गोविन्द टण्डनले हेटौंडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लवलाई विभिन्न विधाका २ सय ६ थान पुस्तक सहयोग गरेका छन् । क्लवका आजीवन सदस्य समेत रहेका डा. टण्डनले क्लवका अध्यक्ष राजकुमार बास्तोलालाई क्लवमा पुस्तक हस्तान्तरण गराएका हुन् । क्लवका पूर्वअध्यक्ष विजयकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, श्रीराम पुडासैनी, शिक्षाविद् बद्रीबहादुर पाठक, क्लवका पदाधिकारी, सल्लाहकार, स्थानीयलगायतको उपस्थिति रहेको थियोे ।

२०५८ सालको राष्ट्रिय वातावरण पुरस्कार प्राप्त गरेको क्लवले हाल विभिन्न सरकारी निकायको सहयोगबाट चौघडामा ३ तले भवन निर्माण गरेको छ । क्लबले पुस्तकालय सञ्चालन, सामाजिक कार्य, खेलकुद, सांस्कृतिक कार्यक्रम, वातावरण संरक्षणलगायत क्षेत्रमा काम गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*