माध्यमिक तहका प्रधानाध्यापकसँग अन्तरक्रिया

साझाकुरा
२०८२ पुष २, बुधबार ११:५२

हेटौंडा-शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यमिक तहका प्रधानाध्यापकसँग अन्तरक्रिया भइरहेको छ । अन्तरक्रियामा भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले प्रधानाध्यापकको भूमिकाको विषयमा प्रस्तुती राखेका थिए । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीको अध्यक्षता तथा जिल्ला शिक्षा समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलानको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएको हो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका प्रमुख बद्रीबहादुर पाठकको पनि आतिथ्य रहेको थियो ।

अन्तरक्रियामा २०८१ सालको एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यालय, एसईईमा उत्कृष्ट औषत जीपीए हासिल गर्ने विद्यालयलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ३ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालय रहेका छन् । मकवानपुरमा मावितहको सामुदायिक तर्फ १०५ वटा रहेको छ भने ३७ वटा संस्थागत गरी १४२ वटा विद्यालय रहेका छन् । सामुदायिकतर्फ शतप्रतिशत नतिजासहित औषत ग्रेड उत्कृष्ट रहेको मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा मावि, उकृष्ट औषत ग्रेडसहित हेटौंडा–९ स्थित प्रगति मावि, एक जनाको ४ जिपिएसहित उकृष्ट नतिजा रहेको हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि रहेको छ ।

यस्तै सस्थागततर्फ हेटौंडा–१० स्थित सोलिड्यारीटी इन्टरनेशनल एकेडेमी, हेटौंडा–२, बासुदेवमार्गस्थित बालजागृति इङ्लिस सेकेन्डरी स्कुल एकजनाको ४ जिपिएसहित उकृष्ट नतिजा रहेको छन् भने दुईजनाको ४ जिपिएसहित उकृष्ट नतिजा रहेको हेटौंडा–४ स्थित नवोदय शिशुसदन मावि रहेको छ । शतप्रतिशत नतिजा हाँसिल गर्नेमा हेटौंडा–६ स्थित शुनगाभा शिक्षा निकेतन इङ्लिस स्कुल, थाहा नगरपालिका–१, ओखरबजारस्थित पालुङ मोर्डन इंङलिस मिडियम स्कुल, हेटौंडा–११, नवलपुरस्थित जेम्स इङलिस मिडियम स्कुल र हेटौंडा–१८, खड्कुलेमारहेको मकवानपुर बालविद्या सदन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*