राजनीतिक दलको चुनावकेन्द्रित गतिविधि सुरु

साझाकुरा
२०८२ माघ १२, आईतवार १३:३६

हेटौंडा- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) थाहा नगरले मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लवशेर बिष्टलाई विजयी गराउने उद्देश्यसहित चुनावी अभियानको औपचारिक सुरुवात गरेको छ ।नेकपा थाहा नगरकमिटीका संयोजक बिनोदकुमार लामाको अध्यक्षतामा जेसीज हलमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा नगरतहका नेताको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नेताहरु प्रल्हाद लामिछाने, माधव तिमिल्सिना, गौतमबुद्ध लामा, रामचन्द्र बल, वीरबहादुर घलान ‘ज्वाला’, निर्वाचन परिचालन समिति मकवानपुर–२ का उपसंयोजक किशोर बर्तौला, प्रदेश सदस्य, जिल्ला सदस्य, नगरकमिटी तथा वडाकमिटी सदस्यहरू सहभागी थिए ।

कार्यक्रमबाट प्रदेश सदस्य इन्द्र श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । साथै थाहा नगरका १२ वटै वडामा पार्टी संयोजकको नेतृत्वमा वडागत निर्वाचन परिचालन समिति गठन गरिएको संयोजक लामाले जानकारी दिए । उनका अनुसार जनवर्गीय संगठनलाई समेत आआफ्नो जिम्मेवारी तोक्दै परिचालनगरिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिष्टले निर्वाचन जिते पनि नजिते पनि मकवानपुर क्षेत्र नं. २ को सर्वा·ीण विकासका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

बिष्टले जनताको आवश्यकता र समावेशी विकासलाई केन्द्रमा राखेर राजनीति गर्ने धारणा राखे । कार्यक्रमले नेकपाको चुनावी अभियानलाई थप व्यवस्थित र सशक्त बनाउने विश्वास व्यक्त गर्दै उपस्थित नेता तथा कार्यकर्ताले एकताबद्ध भएर चुनावी मैदानमा होमिने प्रतिबद्धता जनाएका छन् ।हामी उत्साहित छौं, हामी जित्छांैः रामेश्वर रानानेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ उम्मेद्वार रामेश्वर रानाले पार्टी कार्यकर्ताहरु उत्साहपूर्वक निर्वाचनमा जुटेको बताएका छन् ।

नेकपा एमाले हेटौंडा–४ नं. वडाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै हेटौंडा ४, ६ ७ र १४ नं. को अगुवा कार्यकर्ता भेलाबाट आफू निकै उत्साहित भएको र एमालेको जीत सुनिश्चित रहेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा र विकास र समृद्विको नेतृत्व नेकपा एमालेले गरेको र अबका दिनमा पनि गरिरहन नेकपा एमालेले बहुमत ल्याउन मुलुकको आवश्यकता रहेको दावि गरे । उनले हामी सबै प्रतिस्पर्धीसँग स्वस्थ्य प्रतिस्पर्धा गर्छाै, निष्पक्ष जीत निकाल्छौं रानाको भनाई थियो । पार्टीका केन्द्रीले लेखा आयोगका सदस्य नवीन सिग्देलले विकास र समृद्विको लागि निर्वाह गरेको भूमिकाको कारण नेकपा एमाले मकवानपुरमा नेकपा एमालेले दुवै सिट जित्ने निश्चित रहेको बताए ।

उनले सबै पार्टीपङ्ति एकजुट भएर लाग्ने, बलियो संगठनको बल र कार्यकर्ता परिचालनद्वारा पार्टीमाथी देखिएको चौतर्फी आग्रमणको प्रतिरोध गर्ने बताए । कार्यक्रममा जिल्ला सदस्य तथा ४ नं. वडा ईञ्चार्ज शिवहरि दाहालले निर्वाचनको तयारीबारे जानकारी गराए । भेलामा पार्टी वडाअध्यक्ष नानिराम अर्यालको अध्यक्षतामा भएको भेलामा नेता तथा कार्यकर्ताको उल्लेखीय उपस्थिति रहेको वडासचिव गीता त्रिपाठीले जानकारी दिइन् ।

उज्यालो नेपाल पार्टीको संगठन विस्तार

उज्यालो नेपाल पार्टीले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा संगठन विस्तारलाई तीव्रता दिएको छ । शनिबार बकैया गाउँपालिका–५ मा वडासमिति गठन गरिएको छ । दुधराज घलानको अध्यक्षतामा वडासमिति गठन गरिएको हो ।उज्यालो नेपाल पार्टी, मकवानपुरका अध्यक्ष तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन) को उपस्थितिमा शनिबार बकैया गाउँपालिका–५, बागमती गाउँपालिका वडा नं. १ र २ मा समिति गठन गरिएको हो ।

यो क्षेत्रका जनताबाट उज्यालो नेपाल पार्टीले विश्वास र साथ पाइरहेको लामाले बताए । उनले आफू निर्वाचित भएपछि यो क्षेत्रमा रहेका सडक, कृषि, शिक्षा तथा स्वास्थ्य लगायत विभिन्न समस्या र मुद्दालाई आफ्नो योग्यता र सक्षमताको आधारमा क्रमशः समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । आधुनिक समयमा प्रविधिको प्रभावकारी प्रयोगलाई सबै क्षेत्रमा समानान्तररुपमा लागू गर्दै क्षेत्रगत विकासलाई तीव्रता दिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*