पत्रकार श्रीराम अर्जुन समाजको केन्द्रीय समितिमा चयन
हेटौंडा- मकवानपुरमा करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार श्रीराम अर्जुन दाहाल नेपाल सहकारी पत्रकार समाजको केन्द्रीय समिति सदस्यमा निर्विरोध चयन भएका छन् । समाजको १५ औँ वार्षिक साधारणसभाले अर्जुन खतिवडाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा दाहाल सदस्य बनेका हुन् । निर्वाचन कार्यक्रम आइतबार काठमाडौंमा भएको थियो ।
२०६६÷६७ देखि सहकारी चौतारी नामको रेडियो कार्यक्रम उत्पादन गर्दै सहकारी क्षेत्रमा पत्रकारिता गर्दै आएका दाहाल केही वर्षदेखि प्रदेश राजधानी हेटौंडामा रहेर सहकारी, वित्तीय तथा शेयरबजारलाई समेट्दै खबरसहकारी डटकम नामक अनलाइन सञ्चालन गर्दै आइरहेका छन् । सहकारीको विभिन्न कालखण्डको आन्दोलनमा सञ्चारक्षेत्रबाट योगदान पु¥याउँदै आएका दाहाल मकवानपुरगढी–५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको दुई कार्यकाल सचिव र एक कार्यकाल अध्यक्ष भई सहकारी क्षेत्रमा काम गरेका छन् ।
संस्थाको हाल सल्लाहकार रहेका दाहाल नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य र चलचित्र पत्रकार संघ मकवानपुर शाखाका उपाध्यक्ष रहेका छन् । सहकारी र चलचित्रको विट पत्रकारिता गर्दै आएका दाहाल सीधाखबर डटकममा २०७३ देखि सम्पादनकक्षमा रहेर काम गर्दै आइरहेका छन् ।रेडियो, पत्रपत्रिका र अनलाइन मिडियामा सक्रिय रहेका दाहाल मकवानपुरको सहकारी र सहकारी क्षेत्रमा भएका गतिविधिलाई नजिकबाट नियाल्दै आइरहेका छन् ।
समाजको उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधवकुमार खड्का, सहसचिवमा हीराकाजी बस्नेत, कोषाध्यक्षमा प्रवीन राउत र सदस्यमा श्रीराम अर्जुन दाहाल र ईश्वर ढुंगेल चयन भएका छन् । दुई सदस्य भने पहिलो बैठकबाट मनोनित गरिने जनाइएको छ ।







