बागमती प्रदेशमा ४६ वटा बहुवर्षीय योजना स्वीकृत
हेटौंडा, १३ माघ÷ बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा ४६ वटा योजनालाई बहुवर्षे तथा स्रोत सुनिश्चितता दिएको छ । प्रदेश सरकारले सडक पुल तथा झोलु·े पुल निर्माणका लागि बहुवर्षे तथा बजेट स्रोत सुनिश्चितता प्रदान गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले गत पुस ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट ‘प्रदेश आयोजनाको बहु वर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८२’ बमोजिम यी आयोजनाको खरिद गुरुयोजना स्वीकृत गर्दै स्रोत सुनिश्चितताको पत्र पठाएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावअनुसार बहुवर्षीय ठेक्काप्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।
उनकाअनुसार स्वीकृत आयोजनामा दोलखा, मकवानपुर, धादिङ, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, काभ्रे, रसुवा र ललितपुरका विभिन्नरणनीतिक सडक तथा स्थानीय तह जोड्ने पुल रहेका छन् । ती आयोजनाका लागि आगामी आर्थिक वर्ष २०८५÷८६ सम्मको बजेट सीमा निर्धारण गरिएको उनले बताए । बजेट सुनिश्चितता प्राप्त गर्नेमा मकवानपुरको भोकरी–सरेखेत झोलुं·े पुल, धादिङको घिर्तिखोला पुल, सिन्धुपाल्चोकको इन्द्रावती नदीमा बन्ने झोलु·े पुल, रसुवाको बाइसभन्ज्याङ–पाङसाङ जोड्ने पुल लगायत ४६ वटा सानाठुला पुल आयोजना रहेका छन् ।
बहुवर्षे र स्रोत सुनिश्चितता गरिएका आयोजनामा कुल ३ अर्ब २३ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा चालु आर्थिक वर्षमा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, आगामी आर्थिक वर्ष २०८३÷८४ मा १ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ, आर्थिक वर्ष २०८४÷८५ मा ९३ करोड ९७ लाख रुपैयाँ र आर्थिक वर्ष २०८५÷८६ मा १७ करोड ९८ लाख रुपैयाँ खर्च गर्ने गरी लागतअनुमान गरिएको छ । ४६ आयोजनाको चालु आर्थिक वर्षमा नै ठेक्का लगाउनुपर्ने गरी बहुवर्षे र स्रोत सुनिश्चितता दिइएको छ ।
खरिद प्रक्रिया चालू आर्थिक वर्ष २०८२÷८३ भित्रै सुरु गरिसक्नुपर्ने स्रोत सुनिश्चितता स्वतःअन्त्य हुने जनाइएको छ । डीपीआर, जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकन जस्ता पूर्वतयारी सकिएका आयोजनालाई मात्र प्राथमिकताका साथ अघि बढाउने, आगामी आर्थिक वर्षका लागि सिर्जना हुने दायित्व सम्बन्धित मन्त्रालयले आफ्नै बजेट सीमाभित्र रहेर व्यवस्थापन गर्ने, सबै आयोजना अनिवार्यरुपमा बजेट सूचनाप्रणाली र कम्प्युटराइज्ड सरकारी लेखा प्रणालीमा प्रविष्ट गर्नुपर्ने मन्त्रालयको सर्त रहेको छ ।







