विज्ञान शिक्षकका लागि आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी तालिम
हेटौंडा-विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको आयोजनामा विज्ञान शिक्षकका लागि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्बन्धी एकदिने तालिम भुटनदेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । तालिममा जिल्लाभरका ५८ जना विज्ञान शिक्षकको सहभागिता रहेको थियो भने जिल्लामा क्रियाशील ९ वटा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रम विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका अध्यक्ष भरत पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुखअतिथिका रुपमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी थिए ।
विशिष्ट अतिथिमा भुटनदेवी एल्मुनाई एसोसिएसनका अध्यक्ष तथा हेटौंडा–२ का वडाअध्यक्ष विष्णुगोपाल महर्जन, भुटनदेवी माविका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे, सहप्राध्यापक बेदराज कोइराला सहभागी थिए ।विज्ञान समाज मकवानपुरका सल्लाहकार विनोद गुप्ता, केशव न्यौपाने, स्टान हेटौंडाका अध्यक्ष भुपेन्द्रप्रसाद यादव, राक्सिराङका अध्यक्ष राजेश गुप्ता, रियल युनिक कम्प्युटर सेन्टर हेटौंडाका सञ्चालक तथा प्रशिक्षक श्रवणकुमार श्रेष्ठ तथा आइटी रिसर्चकर्ता नवीन गन्ताङ लामालगायतको सहभागिता रहेको थियो । तालिममा सहभागीको तर्फबाट कौशल्या दहाल र कुलचन्द्र अधिकारीले ‘प्रविधिमैत्री तालिमले शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी र प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
प्रमुख अतिथि गिरीले आर्टिफिसियल इन्टेलिजेन्स आजको शिक्षण प्रणालीको अभिन्न अ· बन्दै गएको उल्लेख गर्दै शिक्षकले प्रविधिसँग अद्यावधिक हुँदै विद्यार्थीलाई व्यवहारिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए । उनले यस्ता तालिमले शिक्षकको क्षमता अभिवृद्धि गरी गुणस्तरीय शिक्षामा योगदान पु¥याउने विश्वास व्यक्त गरे । सभाध्यक्ष पोखरेलले विज्ञान शिक्षक समाज नेपाल मकवानपुरले शिक्षकको पेशागत विकास, क्षमता अभिवृद्धि तथा प्रविधिमैत्री शिक्षाको विस्तारका लागि निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले आगामी दिनमा अझ प्रभावकारी तालिम तथा कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
तालिममा प्रशिक्षक श्रवणकुमार श्रेष्ठ र आइटी रिसर्चकर्ता नवीन गन्ताङले आर्टिफिसियल इन्टेलिजेन्सको आधारभूत अवधारणा, शिक्षणमा यसको प्रयोग तथा भविष्यका सम्भावनाका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागी शिक्षकलाई प्रमाणपत्र तथा अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम भुटनदेवी एल्मुनाई एसोसिएसन र रियल युनिक कम्प्युटर सेन्टर हेटौंडाको सौजन्यमा सम्पन्न भएको हो ।







