बालगायिका सुलज्ञालाई कोइलीदेवी माथेमा स्मृति सम्मान प्रदान
हेटौंडा-कोइलीदेवी माथेमा स्मृति मातृभूमि पुरस्कार २०८२ बालगायिका सुलज्ञाराज्यलक्ष्मी शाहलाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाजको आयोजनामा तथा वडा नम्बर १ को सहकार्यमा शनिबार आयोजित कार्यक्रमका बीच शाहलाई नगदसहित पुरस्कृत गरिएको हो । नेपाली गीतसंगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शाहलाई नगद ११ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुखअतिथि हेटौंडा उपमहानगरप्रवक्ता तथा १ नं. वडाअध्यक्ष सबिन न्यौपानेले शाहलाई पुरस्कार रकम प्रदान गरेका हुन् । मकवानपुरे नारीरत्न कोइलीदेवी माथेमाको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो ।
२०७१ सालमा हेटौंडा–११ मा जन्मेकी शाहले ‘आचल कला पुञ्जको गायन प्रतियोगितामा द्वितीय स्थान र ‘म यस्तो गीत गाउँछु’ प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुका साथौ बिभिन्न स्थानमा सागीतिक प्रस्तुती दिइसकेकी छिन् । कोइलीदेवीको सांगीतिक यात्राबारे जानकारी दिइएको थियो । गायिका एवम् प्रथम महिला संगीतकारकोइलीदेवीको जन्म वि.सं. १९८७ सालमा मकवानपुरको चिसापानीगढी, भीमफेदीमा भएको थियो । उनको निधन वि.सं. २०६४ साल पुस ६ गते भएको थियो ।
कार्यक्रममा पुरस्कृत शाहसहित अतिथिगायक कृष्णगोपाल सिंह, सुनिता बुर्लाकोटी, पिएम सेन्टर तथा शुभारम्भ समूहका कलाकारको गायन प्रस्तुति रहेको थियो । सहभागीले कोइलीदेवीको योगदानलाई स्मरण गर्दै उनका गीत संगीतको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा मातृभूमिका प्रमुखसंरक्षक मुक्तिगोविन्द बैद्य, सल्लाहकार मुना अर्याल, अनुसन्धानकर्ता केदार न्यौपाने, १० वडाअध्यक्ष फुर्वादोर्जे लामालगायतको आतिथ्यता रहेको थियो ।







