१३ विद्यार्थीलाई ‘झलकचन्द्र शिक्षा ज्योति’ छात्रवृत्ति प्रदान

साझाकुरा
२०८२ फाल्गुन ३०, शनिबार १२:०९

हेटौंडा-थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयका १३ जना विद्यार्थीलाई ‘झलकचन्द्र शिक्षा ज्योति छात्रवृत्ति’ प्रदान गरिएको छ । विद्यालयमा कक्षा १०, ११ र १२ मा प्राविधिक तथा विषयगत संकायमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका संस्थापक अध्यक्ष झलकचन्द्र बिष्टको स्मृतिमा उनका छोरा सुवासचन्द्र बिष्टले स्थापनागरेको अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ । बिष्टले आफ्ना बुबाको सम्झनामा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्, जसबाट हरेकवर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीवकुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति वितरण कार्यक्रममा थाहा नगरप्रवक्ता हिरेन्द्रकुमार रायमाझी, झलकचन्द्र शिक्षा ज्योति कोषका अध्यक्ष सुवासचन्द्र बिष्ट, कोषका सचिव बिमलकुमार बिष्ट, जनकल्याण माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक सानोभाइ कार्की, प्रधानाध्यापक रामकुमार बल, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज कार्की, जनकल्याण एल्मुनाइ एसोसिएसनका सदस्य शम्भु अधिकारी लगायतको उपस्थिति रहेको थियो । कोषका अध्यक्ष बिष्टले आगामी दिनमा अक्षयकोषको रकम वृद्धि गरी अझ धेरै विद्यार्थीलाई छात्रवृत्तिको दायरामा समेट्ने योजना रहेको बताए । विद्यालयले छात्रवृत्ति स्थापना गरी विद्यार्थीलाई प्रोत्साहन गरेकोमा बिष्ट परिवारप्रति धन्यवाद व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*