बज्रबाराहीको आगलागीपीडितलाई सहयोग हस्तान्तरण

साझाकुरा
२०८२ चैत्र १२, बिहीबार १४:४८

हेटौंडा-थाहा नगरपालिका वडा नम्बर ६, सरस्वती बजारस्थित सुकबहादुर बलामीको टेलर पसलमा चैत ८ गते राति भएको आगलागीपीडितलाई आर्थिक सहयोग गरिएको छ । आगलागीबाट बलामीको पसल पूर्णरुपमा क्षतिभई उनको परिवारमा ठूलो आर्थिक नोक्सानी भएपछि स्थानीय र बजार व्यवस्थापन समितिले सहयोग गरेको हो । सुकबहादुर बलामीको स्वास्थ्यअवस्था कमजोर रहेकाले परिवार झनै समस्यामा परेको स्थानीयले जनाएका छन् । विषम परिस्थितिमा पीडित परिवारलाई राहत पु¥याउने उद्देश्यले बज्रबाराही बजार व्यवस्थापन समितिको पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो । संकलित रकम ६२ हजार तीनसय रुपैयाँ पीडित बलामीलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*