२२ हजार ७ सय जना बिरामीको ओपीडीमा उपचार

साझाकुरा
२०८२ चैत्र १४, शनिबार १२:२४

हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालबाट फागुन महिनामा मात्र २२ हजार ७ सय २ जना बिरामीले ओपीडीमार्फत उपचारसेवा लिएका छन् । अस्पतालद्वारा सार्वजनिक मासिक प्रतिवेदनअनुसार अन्तर· (ओपीडी) सेवामा ९ सय ५० बिरामी भर्ना भएका थिए भने आकस्मिक कक्षमा ५ हजार ४ सय ४४ जनाले उपचार लिएको अस्पतालका प्रवक्ता उत्सव चौंलागाईले जानकारी दिए । अस्पतालले सामाजिक सेवा इकाईमार्फत १ सय १ जनालाई निशुल्क उपचारसेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । फागुन महिनामा ७० वटा जटिल र ५९ वटा सामान्य शल्यक्रिया सम्पन्न भएका छन् । प्रसूति सेवातर्फ १ सय ४४ सामान्य, ८ भ्याकुममार्फत् र ८६ सिजेरियन अर्थात् अप्रेशन मार्फत् प्रसूति भएका छन् ।

अस्पतालका अनुसार यो अवधीमा ५ हजार ४ सय ८९ वटा एक्स–रे, ७ हजार २ सय १ प्रयोगशाला परीक्षण, २ हजार २ सय ८५ अल्ट्रासाउन्ड तथा ३ सय २३ सिटी स्क्यान गरिएको छ । त्यस्तै, १ सय १४ एमआरआई, १ हजार ७ सय ५५ ईसीजी र १ सय ६० जनालाई इको सेवा प्रदान गरिएको तथ्यांकमा उल्लेख छ । आईसीयूमा १ सय ८ जना बिरामीले उपचार लिएका छन् भने १ सय १ जनाले हेमोडायलाइसिस सेवा पाएका छन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत २२ हजार ९ जना लाभान्वित भएका छन् । सेवाको पहुँच विस्तार र गुणस्तर सुधारमा अस्पताल निरन्तर लागिरहेको छ ।

विवरणअनुसार एचआईभी संक्रमित नयाँ २ सय ९६ जनाले फागुन महिनामा एआभी लिएका छन्भने फ्लोअपमा ६ सय ३५ जनाले लिएका छन् । त्यस्तै ८२ जनाले जेष्ठ नागरिक सेवा, २१ जनाले सुरक्षित गर्भपतन, ४६ जनाले इन्डोस्कोपी सेवा लिएका छन् । त्यस्तै ओसिएमसि मार्फत् १४ जना नयाँ र ९ जना पुराना सेवाग्रहीले सेवा लिएको जनाइएको छ । अस्पतालले गत माघ महिनादेखि मासिकरुपमा फेसबुक पेज, वेवसाइटमा विवरण सार्वजनिक गर्दै सेवा पारदर्शिता र जवाफदेहितामा जोड दिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*