विद्युत महशुल असुली गर्न लाइन काट्ने अभियान सुरु

साझाकुरा
२०८२ चैत्र १८, बुधबार १३:०२

हेटौंडा-विद्युत महशुलको वक्यौता रकम बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता विद्युत महशुल असुली गर्न लाइन काट्ने अभियान सुरु गरेको छ । ६० दिन भन्दा बढी समयको महशुल नतिर्ने ग्राहक तथा उपभोक्ताको लाइन काट्ने व्यवस्थाअनुसार वक्यौता महशुल बुझाउन विभिन्न माध्यमबाट सूचना गरी जानकारी गाइएको र सूचनालाई अटेर गरी महशुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरिएको पालुङ वितरण केन्द्रप्रमुख दीपेन्द्र बुढाथोकीले बताएका छन् ।

अभियानअन्तर्गत यस आर्थिक वर्षमा प्राधिकरण पालुङ शाखाले १ सय ६८ ग्राहकको लाइन काटी ८० लाख वक्यौता असुल गरिसकेको छ । १६ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रको २ करोड ६० लाख रुपैयाँ वक्यौता रहेको छ । वक्यौता रकम अशुलीको लागि टोली परिचालन भइरहेको र निरन्तर अभियान संचालन गरी ६० दिनभन्दा बढी समयको वक्यौता रहेका ग्राहकको लाइन काटेर अशुल गरिने पालुङ वितरण केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*