हेटौंडा क्याम्पसमा कानूनको स्नातक कक्षा सुरु

साझाकुरा
२०८२ चैत्र २२, आईतवार १०:४६

हेटौंडा-हेटौंडास्थित हेटौंडा क्याम्पमा कानून विषयको स्नातक तह (एलएलबी) को पठनपाठन आज आइतबारबाट सुरुहुने भएको छ । बागमती प्रदेश विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने कानून संकायमा भर्ना भएका विद्यार्थीका लागि क्याम्पसले शुक्रबार अभिमुखीकरण भएको छ । हेटौंडा क्याम्पसका सहायक प्राध्यापक दीपेन्द्र ढकालकाअनुसार हेटौंडा क्याम्पसमा पठनपाठन सुरुवात भएसँगै विश्वविद्यालय तहको कानून विषयको शिक्षामा पहूँच विस्तार हुनेछ । अभिमुखीकरणको क्रममा क्याम्पसप्रमुख बालकृष्ण शर्माले अहिले एलएलबीमा अध्ययन गर्न ५५ जना विद्यार्थी भर्ना भएको जानकारी दिए । अहिले क्याम्पसमा वीवीए र विएडका विभिन्न विषयमा अध्ययन भइरहेको छ ।

वीवीए र विएड अन्तर्गत ४५ जना विद्यार्थी छन् । आउँदो वर्ष विएएलएलवि, बिआइटी, बिएचएम लगायत विषयमा पठनपाठन हुने बताइएको छ । बागमती विश्वविद्यालयका उपाध्यक्ष डा. कुशुमराज सुवेदीको प्रमुख आतिथ्यमा भएको अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशकी मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेत, नेपाल वार काउन्सिलका सदस्य वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, वडाध्यक्ष नवीन सिग्देल, उच्च अदालत वार एसोसिएसन हेटौंडाका अध्यक्ष मनप्रसाद भट्टराई, व्यवस्थापन समिति सदस्य मदन दाहाल, जिल्ला वार एसोसिएसन सचिव रमिता चौलागाईंलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक सुजन तिमल्सिना रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*