हेटौंडा क्याम्पसको प्रमुखमा डा. मानन्धर नियुक्त

साझाकुरा
२०८३ बैशाख ६, आईतवार ०८:३८

हेटौँडा-बागमती विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रुपान्तरण भएको हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको क्याम्पस प्रमुखमा डा. देवचन्द्र मानन्धर नियुक्त भएका छन् । यसअघि २०७१ सालदेखि २०८० सालसम्म सो क्याम्पसको प्रमुख रही काम गरेका मानन्धर पुनः क्याम्पस प्रमुख नियुक्त भएका हुन् । २०५८ सालदेखि निजी विद्यालयमा अध्यापन गराएका मानन्धरले २०६३ मा निर्मल मावि, बस्तीपुरमा पठनपाठन गराएकाथिए । २०६३ सालमै हेटौँडा क्याम्पसमा अध्यापन सुरु गरेका मानन्धर २०७१ देखि २०८० सम्म दुई कार्यकाल क्याम्पस प्रमुख भइसकेका छन् ।

नेपालमा विद्यालय शिक्षा विकासका लागि स्ववित्त संस्थाहरुको भूमिका विषयमा विद्यावारिधी उपाधि प्राप्त गरेका मानन्धर बागमतीसरकारको उद्योग, वाणिज्य, भूमि तथा व्यवस्थापन मन्त्रालयमा विज्ञ सल्लाहकारसमेत रहेका थिए । उनी क्याम्पस प्रमुख रहँदा २०८० सालमा हेटौँडा क्याम्पसले क्यूएए (क्यालिटी एस्युरेन्स एन्डएक्रिडिटेसन सर्टिफाइड) प्रमाणपत्र प्राप्त गरेको थियो । हेटौँडा क्याम्पसको सहकार्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा हेटौँडा जनप्रिय क्याम्पस स्थापना गरी कृषि विज्ञानको स्नातक तह पठनपाठन भइरहेको छ ।हेटौँडा क्याम्पसले त्रिभुवन विश्वविद्यालय स्थगितगरी बागमती विश्वविद्यालयबाट सम्बन्धन लिई तीनवटा संकायमा पठनपाठन सुरु गरेको छ ।

बागमती विश्वविद्यालय अन्तर्गत् शिक्षा, व्यवस्थापन तथा कानून संकायमा एलएलबी, बीएचएम, बीआईटी, बीबीएलगायत १५ भन्दा बढी शैक्षिक कार्यक्रम सुरु भएको नवनियुक्त क्याम्पस
प्रमुख मानन्धरले बताए । उनले बागमती विश्वविद्यालय अन्तर्गत् हेटौँडामै पहिलोपटक इन्जिनियरिङ संकाय सुरु गर्ने योजना राखेकोसमेत स्पष्ट पारे ।हाल हेटौँडा क्याम्पसमा कक्षा ११ तथा १२ मा गरी सात सय, त्रिभुवन विश्वविद्यालयअन्तर्गत् स्नातकोत्तर तहमा दुई सय, स्नातकमा छ सय जना र बागमती विश्वविद्यालयअन्तर्गत एक सय पाँच जना गरी करिब एक हजार छ सय विद्यार्थीहरु अध्ययनरत् छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*