गजल मञ्चको स्थापना दिवसमा ‘गजल यात्रा–५’ विमोचन

साझाकुरा
२०८३ बैशाख ६, आईतवार ०८:५१

हेटौँडा- गजल मञ्च मकवानपुरको २२ औँ स्थापना दिवस तथा २३५ औँ गजल यात्राको अवसरमा ‘गजल यात्रा–५’ नामक मुखपत्र विमोचन तथा आजीवन सदस्यता परिचयपत्र वितरण कार्यक्रम शनिबार हेटौंडामा भएको छ ।मञ्चका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षता भएको कार्यक्रममा साहित्यकार डा. निमेष निखिलको प्रमुख अतिथ्यता थियो । कार्यक्रममा गीतकार तथा गजलकार तुलसी घिमिरे, मञ्चका सल्लाहकार, पूर्वअध्यक्षहरू, विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, गजलकार तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो ।

उक्त अवसरमा ‘गजल यात्रा–५’ नामक प्रकाशन सार्वजनिक गरिएको हो । उक्त पुस्तकमा गजलसम्बन्धी लेख, २०८२ सालमा मञ्चले गरेका गतिविधिहरूको विवरण तथा ४१ जना अग्रजदेखि नवसर्जक सम्मका सर्जकहरूका गजलहरू समावेश गरिएको छ ।सम्पादन मण्डलाका तर्फबाट देवराज तिवारीले प्रकाशनबारे जानकारी दिएका थिए । त्यसैगरी, मञ्चले सञ्चालन गरेको आजीवन सदस्यता अभियानअन्तर्गत् २४ जना नयाँ सदस्यलाई परिचयपत्र वितरण गरिएको छ । संस्थाको स्थापनाकालदेखि नै सहयोग पु¥याउँदै आएका मुक्ति गोविन्द वैद्यलाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।

कार्यक्रममा मनिका नेगी, राजकुमार चौधरी, स्वस्तिका दाहाल, मिथिला अधिकारी, सुवास सजल, देवराज लामिछाने, केशव समर्पण, अनिल कोइराला, हरि पौड्याल, प्रल्हाद चौलागाईं, देवराज तिवारी, केशव तौजले, तुलसी घिमिरेलगायतले गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए ।कार्यक्रमको सहजीकरण सहसचिव गौरी कँडेलले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष हरि पौड्यालले व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*