पत्रकार महासंघ मकवानपुर र गोरखा शाखाबीच छलफल

साझाकुरा
२०८३ जेष्ठ ११, सोमबार १३:०३

हेटौंडा-नेपाल पत्रकार महासंघ मकवानपुर र नेपाल पत्रकार महासंघ गोरखाबीच छलफल भएको छ ।गोरखा नगरपालिकाको सहयोगमा पर्यटन प्रवद्र्धनका लागि पूर्वीजिल्ला भ्रमणमा रहेको गोरखाको टोलीले मकवानपुरमा छलफल गरेको हो । नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा दुवै जिल्लाका पत्रकार महासंघका अध्यक्ष, गोरखा नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र गोरखाका नरेन्द्र ढकालले आआफ्नो जिल्लामा महासंघमार्फत सञ्चालन भएका असल अभ्यास, कार्यक्रम तथा आगामी योजना सहित अनुभव आदानप्रदान गरे ।

छलफलमा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगर र उपप्रमुख मसलीमाया थोकरले गोरखामा पर्यटन प्रवद्र्धनका लागि पालिकाले गरिरहेका गतिविधि, सञ्चारमाध्यम तथा पत्रकारलाई उपलब्ध गराउँदै आएको सहयोगका विषयमा धारणा राखे । आफूहरुको कार्यकाल सञ्चारमैत्री बनाउनेतर्फ लागिरहेको उनीहरुको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत विजयभक्त उपाध्यायले गोरखाका पर्यटकीयस्थल समेटेर प्रकाशन गरिएको पुस्तक नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरे । कार्यक्रममा दुवै जिल्लाबीच पर्यटन, सञ्चार र अनुभव आदान प्रदानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*