संघको परिपत्रले काम गर्न असहज भयो : मुख्यमन्त्री बानियाँ
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकार वर्तमान व्यवस्थाप्रति हुँदै गएको आरोप लगाएका छन् ।सोमबारदेखि सुरु भएको बागमती प्रदेशसभाको बजेट अधिवेशनको पहिलोपटक बैठकमा सम्बोधन गर्दे मुख्यमन्त्री बानियाँले संघ सरकारले पटक–पटक गर्ने परिपत्रले प्रदेश सरकारलाई काम गर्न असहज भएको गुनासो गरे । प्रदेश सरकार संघको इकाइमात्र नभई छुट्टै सरकार भएको उनले बताए । संघले पटक–पटक गर्ने हस्तक्षेपकारी परिपत्रहरूले संघीयताको उपहास गरेको उनले टिप्पणी गरे ।
मुख्यमन्त्री बानियाँले संघीय सरकारले प्रदेश सरकारको अस्तित्व र अधिकारलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनले संघीयताको मर्मअनुसार तीन तहका सरकारबीच हुनुपर्ने समन्वय र सहकार्यमा संघीय सरकार उदासीन देखिएको बताए ।मुख्यमन्त्री बानियाँले विशेष गरी प्रदेशसभा सदस्यहरूको स्वकीय सचिव (स्वकीय) को सुविधाका सम्बन्धमा संघीय सरकारले विभेदकारी नीति अपनाएको भन्दै आपत्ति व्यक्त गरे । सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई भेटेर सोबारे ध्यानाकर्षण गराउँदा सकारात्मक आश्वासन पाए पनि हालसम्म कार्यान्वयन नभएको उनले गुनासो गरे ।
सञ्चार क्षेत्रको विज्ञापन र टेन्डरका सम्बन्धमा संघीय सरकारले जारी गरेको परिपत्रप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । ‘संघीय संसद्का सदस्यहरूको स्वकीय रहने तर, प्रदेशका माननीयज्यूहरूको स्वकीय नहुने विभेद स्वीकार्य छैन’, मुख्यमन्त्री बानियाँले भने, ‘यदि संघले सो विभेद अन्त्य गर्दैन भने हामी नियमावली नै संशोधन गरेर स्वकीय पद खारेज गरिदिन्छौँ । संविधानले यस्तो विभेदकारी व्यवस्थाको कल्पना गरेको छैन ।’
प्रदेशसभा सभामुखविहीन हुनु लज्जास्पदः नेता जम्कट्टेल
प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले ७÷८ महिनादेखि प्रदेशसभा सभामुखविहीन हुनु लज्जास्पद भएको बताएका छन् ।सभामुखको निर्वाचनलाई पहिलो प्राथमिकता दिनसमेत उनले सरकारलाई आग्रह गरेका छन् । उनले सभामुख चयन कार्य नभई सदनको अन्य एजेन्डा अघि बढ्न नसक्ने चेतावनीसमेत दिए । नेता जम्कट्टेलले सत्तापक्षका दलहरु बीच भागबण्डा नमिल्दा सि·ो प्रदेशसभाले सभामुख नपाउनु न्यायोचित नभएको बताए । सभामुख चयनका लागि सत्तापक्षले अग्रसरता लिए प्रतिपक्षले पूर्ण सहयोग गर्ने उनले प्रतिबद्धता गरे । सरकारलाई नीति तथा कार्यक्रम र बजेट अगाडि नै सभामुखको निर्वाचनको कार्यतालिका ल्याउनुपर्ने उनले बताए ।
सभामुख जस्तो महत्वपूर्ण पदलाई खाली राखेर बजेट ल्याउन हतार गर्ने ? उनले प्रश्न गरे । यदि सभामुखको विषयलाई बेवास्ता गरियो र बजेटमा दलीय विभेद देखियो भने सदनमा प्रतिरोध बलियो शैलीमा हुने उनले चेतावनी दिए । सरकारले गर्न खोजेको प्रशासनिक पुनर्संरचना र मन्त्रालयको संख्या घटाउने प्रयासमा केही प्राविधिक र व्यवहारिक त्रुटीहरु रहेको उनले बताए । नेता जम्कट्टेलले आफ्नो सरकारको पालामा ल्याइएका विद्यालय नर्स कार्यक्रम, चेपाङ चिउरी चमेरो कार्यक्रम र दलित तथा गृहिणी महिला विकास कार्यक्रमलाई वर्तमान सरकारले तोडमोड गरेको वा उपेक्षा गरेको आरोप लगाए ।
राजनीतिक दलहरू बेलैमा नसच्चिए मुलुकमा गम्भीर संकट आउ“छ:पाठक
बागमती प्रदेशका निवर्तमान सभामुख भुवनकुमार पाठकले मुलुकमा ३५ वर्षयता भएका राजनीतिक परिवर्तनले जनताको आधारभूत समस्या समाधान गर्न नसकेको बताएका छन् । सभामुख पदबाट राजीनामा दिए पश्चात् पहिलो प्रदेशसभामा बोल्दै उनले राजनीतिक दलहरू बेलैमा नसच्चिए मुलुकमा गम्भीर सड्ढट आउने चेतावनी दिए ।पाठकले २०४६ देखि हालसम्मका परिवर्तनहरूले पनि जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे । सोही विद्रोहका रूपमा भदौ २३ र २४ गतेको घटना भएको उनले बताए । गत जेठ २३ गते भएको युवाहरूको आन्दोलन लाई पाठकले नेपालको इतिहासकै पहिलो अर्गानिक र डिजिटल रिभोल्युसनको संज्ञा दिए । उक्त आन्दोलनमा कुनै विदेशी शक्तिको प्रभाव नरहेको उनको भनाइ छ ।







