तीनदिनमा १३ जना लागुऔषध कारोबारी पक्राउ

साझाकुरा
२०८३ जेष्ठ १९, मंगलवार ११:५८

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधविरुद्धको सक्रियतालाई तीव्रता दिँदै तीन दिनको अवधिमा १३ जनालाई पक्राउ गरेको छ । जेठ १५ गतेदेखि १७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा चलाइएको विशेष सुरक्षा जाँच र खानतलासीका क्रममा ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले बरामद गरेको सामग्रीमा ३५ ग्राम १० मिलिग्राम ब्राउनसुगर (खैरोहेरोइन), २६० मिलिग्राम चरेस, २३ ग्राम २१० मिलिग्राम गाँजा र ट्रामाडोल क्याप्सुल रहेका छन् । पक्राउ पर्नेहरुमा बाराको कलैयाका राजन जैसवाल, निजगढका सर्जुक साह र रौतहट बौधिमाईका रोहित पटेल रहेका छन् जसको साथबाट ३४ ग्रामभन्दा बढी ब्राउनसुगर बरामद भएको थियो । त्यसैगरी, हेटौंडा उपमहानगरका विभिन्न वडाबाट आकाश कुमार, राज अधिकारी, राजुबाबु शर्मा, सहदेव अर्जेल, कालुराम गिरी, मनोज महर्जन, रामचन्द्र मोक्तान र अनुष्का क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बकैयाका समिर स्याङतान र चितवन भरतपुरका करण स्याङतान पनि प्रतिबन्धित लागूपदार्थसहित पक्राउ परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*