डान्स मेरो मनको सेमिफाइनल आउँदो २४ गते

साझाकुरा
२०८३ जेष्ठ १९, मंगलवार १२:०६

हेटौंडा- हेटौंडा–४ स्कुलरोडमा रहेको ड्रिम्स म्युजिक स्कुलले सञ्चालन गरेको डान्स मेरो मनको जुनियर सिजन–१ को सेमिफाइनल हुने भएको छ ।जेष्ठ २४ गते आइतबार सेमिफाइनल हुने भएको हो । जुनियर डान्सरहरुबाट ३० जना सेमिफाइनलमा प्रवेश गरेका हुन् । सेमिफाइनलमा प्रवेश गरेकाको हाल भोटिङ राउन्ड चलिरहेको छ । फेसबुक पेजमा रहेको डान्स मेरो मनमा गएर आफूलाई मनपरेको डान्सलाई भोट गर्न सकिने आयोजकले जनाएको छ । सेमिफाइनलमा प्रवेश गरेकामध्ये १५ जना फाइनल राउण्डमा पुग्नेछन् । आउँदो असार २० गते हेटौंडामा हुने फाइनल राउण्डबाट विजेता घोषणा गरिने ड्रिम्स स्कुलका सञ्चालक अनन्त खुलालले जानकारी दिए ।

उनकाअनुसार प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रको साथै विभिन्न अफरहरु प्रदान गरिने छ भने दोस्रो हुनेलाई प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ, तेस्रो हुनेलाई प्रमाणपत्र र नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ । सान्त्वनालाई अन्य अफरहरु प्रदान गरिने खुलालको भनाइ छ । डान्स मेरो मनको जजमा म्युजिक भिडियो तथा टेलिफिल्म निर्माता तथा नृत्यनिर्देशक सुवास गहतराज, छमछमी सिजन–४ का विजेता सन्ध्या आचार्य, नृत्यनिर्देशक पासाङ लामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*