लक्षित वर्गदेखि विद्यावारिधि र उत्कृष्ट विद्यार्थीसम्म सम्मानित
हेटौंडा- मकवानपुरगढी गाउँपालिका–३ ले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्व, उत्कृष्ट विद्यार्थी, कृषक, खेलाडी, ज्येष्ठनागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त लक्षित वर्गलाई सम्मान गर्दै ‘लक्षितवर्ग सम्मान कार्यक्रम–२०८३’ सम्पन्न गरेको छ । विगत २०७६ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत यसवर्ष विभिन्न विधाका २९ जनालाई सम्मान गरिएको हो । वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता र वडाअध्यक्ष भागवत घिमिरेको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा शिक्षा, कृषि, सहकारी, खेलकुद, वातावरण संरक्षण, सामाजिक सेवा तथा सामुदायिक विकासका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको हो । मकवानपुरगढी–३ मै जन्मिएर विद्यावारिधि उपाधि हासिल गरेका डा. दीपक अधिकारीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
सहकारी प्रशिक्षक तथा सहकारी अभियन्ता गोविन्द दाहाल, शिक्षाक्षेत्रतर्फ भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा, शिवराम फुँयाल र विष्णुमाया नगरकोटी, वासु अधिकारी, मनमोहन देवकोटा र विमल दाहाललाई सम्मान गरिएको थियो । यसैगरी, शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । उत्कृष्ट जीपीए ल्याएकी रितिका थापाले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् भने सायम पाख्रिन, क्रिशा पुडासैनी, किरण लम्साल, विधान पाख्रिन र उज्वल विश्वकर्मालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
खेलकुदतर्फ मकवानपुरको महिला क्रिकेट टोलीमा छनोट भएका भानु माध्यमिक विद्यालयका विद्यार्थी रितिका थापा, विषिका भट्टराई, पुजना दाहाल, रोहिनी पाख्रिन, शुभद्रा योन्जन, सोनिमाया रुम्बा, सपना सुनार, सरस्वती अर्याल र ईशा घिसिङलाई सम्मान गरिएको थियो । क्रिकेट विकासमा योगदान पु¥याएको भन्दै प्रशिक्षक तथा खेलकर्मी रविन्द्रविक्रम सापकोटालाई सम्मान गरिएको छ । कृषिक्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने पोल्ट्री व्यवसायी गणेश सिलवाल सहित दुग्ध उत्पादन तथा व्यावसायिक कृषिमा सक्रिय कृषकलाई सम्मान गरियो ।
जसमा उत्कृस्ट दुघ उत्पादक किसानतर्फ केदार पुडासैनी, लक्ष्मी फुँयाल, सोमबहादुर सुनार र सिंहबहादुर लुङ्वा, नेपाली सेनाबाट सेवानिवृत्त भएका गोपाल लम्साललाइ सम्मान गरिएको छ । कार्यक्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त ज्येष्ठनागरिक, दलित ज्येष्ठनागरिक, असहाय तथा एकलमहिला गरी नौ जनालाई सम्मानस्वरुप ब्ल्यांकेट वितरण गरिएको थियो । सम्मानित हुनेहरुमा सोमराज घिमिरे, वीरबहादुर घलान, छविलाल सुन्चुरी, राधिका तिमल्सिना, खिला कुमारी दाहाल, गीताकुमारी ढुंगेल, विष्णुमाया थोकर, रेनु दाहाल र सीता घिमिरे रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष स्याङ्तानले समाज निर्माणमा योगदान पु¥याउने व्यक्तित्व, ज्येष्ठनागरिक तथा प्रतिभावान विद्यार्थीको सम्मान गर्नु स्थानीय
सरकारको दायित्व भएको बताए ।
उनले यस्ता कार्यक्रमले सामाजिक सद्भाव, सम्मानको संस्कृति तथा सकारात्मक प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उल्लेख गरे । उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले वडा नम्बर–३ ले सञ्चालन गर्दै आएको सम्मान कार्यक्रम अनुकरणीय रहेको बताउँदै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको धारणा व्यक्त गरिन् । गाउँपालिकाले विभिन्न लक्षित वर्गलाई सम्मान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिइन् । वडाअध्यक्ष घिमिरेले सम्मान कार्यक्रम २०७६ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको र प्रत्येक वर्ष एक लाख रुपैयाँ बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्ने गरिएको बताए ।
शिक्षा, कृषि, सामाजिक सेवा, वातावरण संरक्षण तथा सामुदायिक विकासमा योगदान पु¥याउने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै उनले आगामी वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयबासीको सहभागिता रहेको थियो । कार्यक्रम वडासचिव सोनिका अर्यालले सञ्चालन गरेकी थिइन् ।







