सुवेदी राष्ट्रिय उपाध्यक्षको उम्मेदवार
हेटौंडा/बस्तीपुर जेसीज हाँडीखोलाले नेपाल जेसीजको उपाध्यक्ष पदमा जयराम सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । बस्तीपुर जेसीजका निवर्तमान अध्यक्ष सुवेदीलाई नेपाल जेसीजको बर्ष सन् २०२२ का लागि राष्ट्रिय उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको हो ।
बस्तीपुर जेसीजको बोर्ड बैठकले सुवेदीलाई पोखरामा हुने नेपाल जेसीजको महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गर्ने निर्णय गरेको अध्यक्ष राजेश भेटवालले जानकारी दिए । ‘यस जेसीजका निवर्तमान अध्यक्षलाई नेपाल जेसीजको उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेका छौं ।
सन् २०११ मा स्थापना भएको यस शाखाले अहिलेसम्म एकजना मात्र राष्ट्रिय पदाधिकारी पाएका छौं । त्यसकारण पनि हामीले यसवर्ष
राष्ट्रिय उपाध्यक्ष दाबी गर्ने भएका हौं ।’, भेटवालले भने । बस्तीपुर जेसीजका संस्थापक सदस्य रहेका सुवेदीले विभिन्न पदमा रहँदै २०२० मा अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् । शिक्षण एवम् वकिल पेशामा आबद्व सुवेदी अन्य विभिन्न सामाजिक संघसंस्थाको विभिन्न जिम्मेवारीमा समेत रहेका छन् ।







