आश्रमले गरायो भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलन

साझाकुरा
२०७८ आश्विन ५, मंगलवार १२:५८

हेटौंडा/ मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाले भारतीय नागरिक मनिष यादवको सुखद पारिवारिक पुनर्मिलन गराएको छ ।
२०७४ साल बैशाख १४ गते बागलुङबाट उद्धार गरेको भारतको पटना स्थित नालनदर घर बताउने यादवको परिवार फेला
परेसँगै शनिबार राति परिवारलाई जिम्मा लगाएको मानव सेवा आश्रम हेटौंडाका अभियान्ता होमनाथ पौडेलले जानकारी दिए ।

मानव सेवा आश्रमले बागलुङबाट उद्धार गरेर यादवलाई केन्द्रीय कार्यालय हेटौंडामा राखेको थियो । उनको उपचार समेत गर्दै आएको मानव सेवा आश्रमले जनाएको छ । मानसिक बिरामी यादवको अहिले स्वास्थ्य अवस्था सामान्य छ । पटना नानदर मगत विश्व विद्यालयमा बिएससी दोस्रो बर्षको अध्ययन गर्ने क्रममा मानसिक समस्या भएर नेपाल आइपुगेका मनिष यादव विगत ५ वर्षदेखि घर जान पाएका थिएनन् । आश्रमले लामो समयदेखि सडकमा जीवन बेथितगरिरहेकाहरुलाई आश्रय दिइरहेको छ । देशलाई सडक मानवमुक्त बनाउने उद्देश्यसहित संस्थाले देशैभर क्रमशः आफ्नो सेवा विस्तार गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*