तीन महिला प्रधानाध्यापकलाई सम्मान

साझाकुरा
२०७८ आश्विन २३, शनिबार १३:२२

हेटौंडा/डेक नेपालको सहकार्य र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको समन्वयमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) हेटौंडामा कार्यरत महिला प्रधानाध्यापकलाई सम्मान गरेको छ । शिक्षक दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका तीन महिला प्रधानाध्यापक सम्मानित भएका हुन् । सम्मानित हुनेमा अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती उप्रेती, बाराही निम्न माध्यमिक विद्यालयकी प्रधानाध्यापक मञ्जु देबकोटा र भावना प्राथमिक विद्यालय हेटौंडा–१८ की प्रधानाध्यापक रुपा रिजाल रहेका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) मकवानपुरका जिल्ला संयोजक बुद्धविर लामाले सहजिकरण गरेको कार्यक्रममा बंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती उप्रेती, प्राध्यापक एवं पत्रकार  सुरेश श्रेष्ठ लगायतले अन्तर्राष्ट्रिय शिक्षा दिवसको उपादेयताको बारेमा मन्तव्य व्यक्त गरेका थिए । हरेक बर्ष अक्टोबर ५ मा मनाईने अन्तर्राष्ट्रिय शिक्षक दिवसको यसबर्षको नारा ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ भन्ने रहेको छ ।

कार्यक्रम जिल्ला समन्वय समिती (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी एवम् जिसस मकवानपुरका प्रमुख खुलालले उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेल र शाखा अधिकृत कृष्णप्रसाद पौडेलको विशेष आतिथ्य तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश संयोजक खतिवडाले गुणस्तरीय शिक्षाका लागि अभिभावकको भुमिका र शिक्षकको उत्तरदायित्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*