संस्कृति र परम्परालाई साझा रुपमा मनाउन मुख्यमन्त्रीको आग्रह
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संस्कृति र परम्परालाई सबैले साझा रुपमा मनाउन आग्रह गरेकी छन् ।शुक्रबार नेकपा एमाले मकवानपुरले दसैं, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले साझा रुपमा मनाइने चाडपर्वलाई जर्गेना गर्नसमेत आवश्यक रहेको दाबी गरिन् । उनले संस्कृति र परम्परा भनेको कुनै समुदायले भन्दा पनि सबैले साझा पर्वको रुपमा मनाउनुपर्ने बताएकी हुन् ।
उनले आउँदै गरेको चाडपर्ब राष्ट्रिय पर्ब रहेको बताइन् । हाम्रा संस्कृतिका धरोहरहरुलाई बलियो बनाउनुपर्ने बताउँदै विभेदरहित नेपाल निर्माणमा लाग्नका सबैलाई आग्रह गरिन् । एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, मकवानपुरबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।







