कृषि उद्यम केन्द्रले माग्यो किसानलाई क्षतिपुर्ति र राहत
हेटौंडा/ नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले बाढी पीडित किसानलाई क्षतिपुर्ति र राहत दिन सरकारसँग माग गरेको छ । धानबालीमा बेमौसमी वर्षाले क्षति गरेको भन्दै तत्काल किसानहरुलाई क्षतिपुर्ति र राहत दिन केन्द्रले माग गरेके हो । केन्द्रका सभापतिसमेत रहेका अरुणराज सुमार्गीले वर्षाले धानबालीमा क्षति पु¥याएकोले सरकारले राहत दिनुपर्ने बताए । ‘वर्षाले किसानले लगाएको अन्न बाली सखाप भएको छ । काटेर राखेको धान वर्षाले डुबाएको छ । सरकारले किसानलाई क्षतिपुर्ति र राहत तत्काल उपलब्ध गराउनु पर्छ ।,’ उनले भने ।
उनले बाली बीमाको जागरण गाउँगाउँमा पुग्न नसक्दा विपद्ले क्षति पु¥याउँदा समस्यामा पर्ने गरेको उनी बताउँछन् । उनले प्रधानमन्त्री आफैं क्षतिको स्थलगत निरीक्षणमा निस्किएकोले किसानका दुःख हेरेर फर्किने मात्रै नभई राहतको घोषणा गर्न आग्रह गरे ।







