हेटौंडाबाट गाँजासहित २ जना पक्राउ
हेटौंडा/ प्रतिबन्धित लागूऔषध गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ परेका छन् । २ कार्तिकमा हेटौंडा–१५ पुर्वपश्चिम राजमार्गमा हेटौंडाबाट वीरगञ्ज गइरहेको ना १ ज १६७६ नम्बरको माइक्रो बसलाई जाँच गर्दा ५ किलो ३ सय ग्राम लागूऔषधसहित २ जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका ५ नम्बर वडाका ४८ वर्षीय प्रेम बहादुर प्रजा र सोही स्थानका २२ वर्षीय रविन्द्र प्रजा रहेका छन् ।







