मकवानपुरमा ७ संक्रमित थपिए
हेटौंडा/ मकवानपुरमा कोरोना संक्रमणको जोखिम कायमै छ । जिल्लामा बिहीवार सात जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा जिल्लामा ७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । सदरमुकाम हेटौंडामा सर्वसाधारणको भिडभाड र स्वास्थ्य सतकर्ता नअपनाएका कारण संक्रमण घटन सकेको छैन् । स्वास्थ्य कार्यालय मकवानपुरले २४ घण्टामा ६० जनाको पीसीआर परीक्षण गर्दा र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ । कोरोना संक्रमित दर बिहीवार ११ प्रतिशत रहेको छ । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५ हजार ३ सय ४२ पुगेको छ । जिल्लामा ७ जनालाई कोरोना देखिँदा एकजनाले मात्रै कोरोनालाई जितेका छन् । मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १५ हजार ४७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्लामा संक्रमित बढिरहेको छ ।







