एकीकृत समाजवादीका नगर सचिव अधिकारीको निधन

साझाकुरा
२०७८ कार्तिक २३, मंगलवार ०७:२०

हेटौंडा/नेकपा (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव गिरिजा अधिकारीको करेन्ट लागेर निधन भएको छ ।
हेटौंडा–१७ घर भएका अधिकारीलाई गाउँमै सडक विस्तारको क्रममा विद्युत प्रवाह भइरहेको तार मिलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका अधिकारीलाई हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।तत्कालिन नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनबाट राजनीति गरेका अधिकारी पछिल्लो समय एकीकृत समाजवादीमा सक्रिय थिए । उनले हेटौंडामा शैक्षिक संस्थापनि सञ्चालन गर्दै आइरहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*