कक्षा ५ सम्म जाँच नलिने प्रसंगमा संक्षिप्त सामयिक चर्चा

रमेश प्रसाद लामिछाने, हेटौंडा, मकवानपुर
२०८३ असार ३, बुधबार १३:१०

कक्षा ५ सम्म जाँच नहुने भन्ने चर्चाले शिक्षामा सानै भएपनि तर· ल्याएको स्विकार्नै पर्दछ । शिक्षकहरुबाटै लिखित जाँच नलिई कक्षा चढाउने हो भन्ने कुरा बाहिर आईसकेको छ । हाल झैं वार्षिक परीक्षा हुँदैन भनेर विद्यार्थीहरुका बीचमा समेत सन्देश गएको छ । जाँच दिन नपर्ने भएपछि किन पढ्ने भन्ने कुरा विद्यार्थीहरुको जायज छ त ? कुनैबेला कक्षा ७ सम्म उदार कक्षोन्नतीको चर्चाले राम्रै स्थान लिएको स्मरण गर्न सकिन्छ । वर्ष सकिएपछि जाँचै नदिई कक्षा चढ्न पाउने भन्दै विद्यार्थी रमाउन थालेका छन् एक वर्ष एउटा कक्षामा पढे पछि स्वतः उक्त कक्षा उत्तीर्ण हुने कुरा सुनेर अभिभावक भने अलमलमा देखिन्छन् ।

सरकारी नीतिले त अहिले पनि कक्षा ३ सम्म लिखित परीक्षा लिने कुरा हटाएको छ । जाँच नहुने कुरा सत्य हो त ? कक्षा ५ सम्म लिखित परीक्षा नहुने नै हो ? विद्यार्थीहरुले एक वर्ष पूरागरे पछि उक्त कक्षाको सिकाई मापनका आधार के हुन सक्छन् त ? वार्षिक परीक्षा मात्र विद्यार्थीको सिकाई उपलब्धि मापनको मूल औजार हो ? विद्यमान अभ्यास र शिक्षा नीति तथा निर्देशिका बीच तालमेलको स्थिति कस्तो छ ? यस्ता प्रश्नहरुले आजकाल विद्यालयमा राम्रै चर्चा पाएका छन् । शिक्षकहरुले नै जाँच हुने हैन भन्नु कत्तिको जायज छ ? सरकारी निकायहरुले नै लिखित जाँच नहुने कुरा गर्नु उपयुक्त हो ? यो आलेख यीनै प्रश्नहरुको घेरामा केन्द्रित रहेको छ ।

संस्थागत अर्थात निजी स्कूलहरुमा भए गरेका अभ्यासहरु हामीले नजिकबाट देखिरहेका छौं । पूर्व प्राथमिक तह अन्तर्गत नर्सरीका विद्यार्थीहरुलाई हात समाएर लेख्न सिकाएका मात्र हैन, वार्षिक परीक्षामा लिखित परीक्षा लिएर मात्र कक्षा प्रमोशन गरिरहेका विद्यालयबाट हामी अनभिज्ञ छैनौं । यहि सिको नगरे सामुदायिक विद्यालयका कक्षा रित्तिने भयले सरकारी स्कूलहरुमा पनि नर्सरी र केजीका कक्षा संचालनसंगै वार्षिक परीक्षा लिने काम हुँदैं आएको देख्न सकिन्छ ।

बालबालिकाहरु तिन वर्षको अवधि पार गर्ने मात्र हैन, मासिक परीक्षा, त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा र वार्षिक परीक्षामा लिखित जवाफका आधारमा कक्षा चढ्दै अनिमात्र कक्षा १ मा पुग्ने अभ्यास नयाँ हैन । प्ले ग्रुपका ससाना बालबालिकाहरुलाई अक्षर लेख्न सिकाएको देखेपछि मात्र अभिभावकहरु प्रसन्न हुने गरेका स्थिति पनि हामीले देखेकाछौं । सरकारी र नीजि, दुबै खाले स्कूलहरुमा यस्ता अभ्यासहरु प्रतिस्पर्धात्मक बनेका पनि सहजै भेटिएका छन् ।

सरकारी नीति एकातिर छ, ब्यवहारमा लिखित जाँच नलिने हो भने अभिभावकले बिश्वास नगर्ने कुराले पनि यी जाँच लिने गरेको विद्यालयहरुको दावी छ । सबाल लिखित जाँचको मात्र हैन, हरेक दिन होम वर्क अनिवार्य छ र ती होमवर्क पनि लिखित नै दिनुपर्ने बाध्यता भएको शिक्षकहरुको भनाई सुन्न सकिन्छ । अझ, थोरै टास्क भएमा भोलिपल्टै होमवर्क कम भएको टिप्पणीआईहाल्छ । होमवर्क जरुरी छैन भन्ने पछिल्लो भनाई प्रति हाम्रा अभिभावकको बिश्वास देखिंदैंन । यो होमवर्कसंग जोडिएको अर्को बहसको विषय बन्न सक्छ ।

सिकाईका ४ सीपहरुबारे अनभिज्ञ ब्यक्ति कमै छन् । पहिलो सीप सुन्ने नै हो र बालबालिकाले सर्वप्रथम प्रवेश गर्ने सिकाई सुनाई (ीष्कतभलष्लन) सीपबाटै हो । दोश्रोमा बोलाई (क्उभबपष्लन) सीप हो जुन अरुले बोलेका आवाज र कुरा सुनेर बच्चाले नक्कल गर्छन । आफूले पनि बिस्तारै बोल्ने अभ्यास गर्छन । तेश्रो सीपमा पढाई (च्भबमष्लन) आउँछ ।

यसरी सुन्ने र बोल्ने अभ्यास पछि अक्षरहरु पढ्ने सीप सिकाईन्छ । बिस्तारै अक्षरहरु, शब्दहरु र वाक्यहरु पढ्ने काममा क्रमैसंग उनीहरु अभ्यस्त बन्दै जाने बिश्वास गरिएको छ । अन्तिम सीप अर्थात चौथो सीप लेखाई (ध्चष्तष्लन) आउँछ । यहाँ आईपुग्दा बालबालिकाले सुनाईबाट सिकेका, बोलाई बाट सिकेका र आफैंले पढेर जानेका कुराहरुलाई क्रमशः सग्ला अक्षरहरु, जोडिएका अक्षरहरु, नेपाली र अंग्रेजी अक्षरहरु, अंकहरु शब्दहरु, वाक्यहरु, लेख्ने अभ्यास गर्ने गराउने काम गरिन्छ ।

यसरी सिकाईमा चारै सीपहरु संगै लान सकिन्छ र लानुपर्छ पनि । यी सीपहरुका अभ्यास भनेकै कक्षा क्रियाकलापहरु हुन् । पाठ्यक्रमले यी चारै सीपहरु समेटेको पाईन्छ । यो बिश्वब्यापी मान्यता हो । सिकाईउपलब्धिमा सुनाई, बोलाई र पढाई मात्र हैन, लेखाई सीप पनि जोडिएको हुन्छ । लेखाई सीपका अभ्यासहरु हटाएर कुनैपनि तहका कुनैपनि कक्षाका सिकाई उपलब्धिहरु पूर्ण हुँदैंनन् भन्ने कुरा धेरैलाई थाहा छ । उल्लेखित सीपहरुका अभ्यासहरु भने पूर्व प्राथमिक तहमा सबैभन्दा बढि सुनाई अनि बोलाई त्यस्तै पढाई र अन्तमा लेखाईका सीपहरु आनुपातिकरुपमा बढि र घटि हुन्छ नै ।

जब कक्षाहरु बढ्दै जान्छ, तब पछिल्ला सीपहरु पढाई र लेखाईका अभ्यासहरु बढाउँदै लानुपर्छ । उदार कक्षोन्नतीका बारेमा त्यो बेला धेरै चर्चा भए । कतिले बुझेर गरे भने कतिपयले बुझ पचाएर नै चर्चा गरेको पनि पाईयो । फेरी, कक्षा ३ सम्म लिखित परीक्षा नलिने सन्दर्भ बहसको विषय बन्यो । यहाँ निरन्तर मूल्याड्ढन प्रणाली (ऋयलतष्लगयगक ब्ककभककmभलत क्थकतझ) स्मरण गर्नै पर्दछ । यो विद्यार्थीहरुको मूल्याड्ढन संग जोडिएको महत्वपूर्ण पक्ष हो । हामीकहाँ यस्को अभ्यास फितलो र असफल नै साबित गराईयो जुन दुखद पक्ष भन्नैपर्दछ ।

विकसित मुलुकमा गरिएका निरन्तर मूल्याड्ढनका अभ्यासहरुले विद्यार्थीको सहि मूल्याड्ढन साबित गरिसकेका छन् । प्रत्येक दिन हरेक विषयमा विद्यार्थीको सुनाई, बोलाई, पढाई र लेखाई यी चारै सीपहरुमा भएको प्रगतिको उल्लेख संगै उनीहरुको ब्यवहारिक परिवर्तनको अभिलेखीकरणबाट उनीहरुको वास्तविक जाँच हुने भएकाले वार्षिक परीक्षाको आवश्यकै नपर्ने यथार्थ बुझ्ने कोशिश कमैले गरेको स्पष्ट देख्न सकिन्छ । फिनल्याण्डको शिक्षा दुनियाँमै उत्कृष्ट मानिएको छ किनकि त्यहाँ विद्यार्थीको यहाँ जस्तो जाँच हुँदैंन ।

विद्यार्थीहरुले वार्षिक जाँचको तनाव लिनुपर्दैन । दिनदिनै मूल्याड्ढन भएपछि वर्षमा लिईने तिन पटकको जाँच किन आवश्यक छ र ? तसर्थ, कक्षा ५ सम्मको वार्षिक परीक्षा नलिने भन्ने भनाई बुझाउनेहरु नै यी यथार्थ लुकाएर उडाउने र अब स्वतः कक्षा चढ्ने भन्दै उपहास गरिरहनेहरुलाई बास्तविकताको बोध गराउनै पर्दछ । हाल केहि विद्यालयहरुले होमवर्क नदिने तर बदलामा परियोजना कार्य गरेर ल्याउन विद्यार्थीहरुलाई प्रोत्साहन गरिरहेको देख्न सकिन्छ । यो सुधारिएको शिक्षण पद्धति भन्नै पर्दछ ।

यसै पृष्ठभूमीमा केहि विद्यालयहरुमा भए गरेका बुक फ्रि फ्राईडेको अवधारणा र सीपमूलक अभ्यासहरु संचालन गरिएका उदाहरणहरुलाई विश्लेषण र अनुशरण गर्नैपर्दछ । होमवर्क नहुँदा पढाई नै नभएको ठान्ने अभिभावकहरुलाई अभिभावक शिक्षाका कक्षाहरु मार्फत स्पष्ट गराउने कार्यक्रम पनिसंगै संचालन गर्नु उपयुक्त मानिएको छ । बदलिएको समय संगै आम परिस्थितिका बारेमा विश्व भूमण्डलीकरणका अभ्यासहरु संग जोडेर मात्र हाम्रो शिक्षा प्रणालीमा सुधार गर्न सकिन्छ ।

उन्नत प्रविधिको उपयोगलाई विद्यमान शिक्षा ब्यवस्थामा उच्च स्थान प्रदान गर्नैपर्छ । परीक्षा नलिने कुराले कुनै समस्या आउँने हैन । विद्यार्थीको सहि मूल्याड्ढन अर्थात जाँचलाई निरन्तरका कक्षाहरुसंग जोडेर जाने अभ्यासको कार्यान्वयन नै आजको चुनौती स्वीकार गरिएको छ । आधारभूत तहमा मात्र हैन, माध्यमिक र विश्वविद्यालयतहका परीक्षा प्रणालीहरु समेत परिमार्जन गर्नैपर्ने महसुस गरिएको छ । परियोजना कार्य, प्रयोगात्मक अभ्यास, खोजकार्य, अनुसन्धान, समस्या समाधान जस्ता क्रियाकलापहरुबाट विद्यार्थीको वास्तविक दक्षता, क्षमता र उनीहरुमा अन्तरनीहित प्रतिभाको उजागर गर्न सकिन्छ । उल्लेखित प्रसंग र विषयहरुमा पर्याप्त बहस र विश्लेषण गरी जिम्मेवार संस्था र ब्यक्तिहरुबाट सहि निष्कर्षको अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*