अखाद्यबस्तु बिक्री गर्ने होटलमा सिल, दुई लाख जरिवाना

साझाकुरा
२०८३ असार २, मंगलवार १२:३४

हेटौंडा-हेटौंडा उपहानगरपालिका–१९ बस्तिपुर स्थित एक होटललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।माउण्ट दिव्यज्योति भोजनालयले दुषित एवं अखाद्यबस्तु बिक्री गरेको र सामान्य मापदण्ड समेत पूरा नगरी खाद्य ऐन विपरीत होटल सञ्चालन गरेको पाइएपछि जरिवानासहित होटल सिलबन्दी गरिएको हो ।

होटलले खानअयोग्य दुषित एवं अखाद्य खाना बिक्री गरेको उपभोक्ताको गुनासोपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, हेटौंडा सहितको टोली अनुगमनका लागि पुगेको थियो । जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले होटलले अखाद्य र सडेगलेको अवस्थाको खानअयोग्य खाना बिक्री गरेपछि जरिवानासहित कारवाही गरिएको जानकारी दिएका छन् ।

होटल अव्यवस्थित, साँघुरो, भान्सा फोहोर, अँध्यारो र अखाद्यबस्तु बढी भएको पाइयो उनले भने, ‘मूल्य पनि अत्यधिक लिने गरेको पाइयो, सेवाग्राहीलाई राम्रो व्यवहारसमेत नगर्ने गरेको गुनासो थियो । दुई लाख रुपैयाँ जरिवानासहित होटलमा सिलबन्दी गरिएको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा बयानका लागि हाजिर हुन बोलाइएकोबताए । उनकाअनुसार यसअघि पनि यो होटललाई लापबाही गरेकैकारण २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

होटलका कागजपत्र ठीक भएपनि होटल सञ्चालकले गर्ने व्यवहारठीक नभएको भन्दै पानीको अधिक मूल्य प्रतिबोतल २० रुपैयाँ भएपनि ३० रुपैयाँसम्म लिने गरेको पाइएको प्रशासकीय अधिकृत सुवेदीकोभनाई छ ।हेटौंडाको राप्तीरोडमा रहेको एक किराना पसललाई प्रशासनले जरिवाना गरेको छ । अखाद्यबस्तुसँगै खाद्य बस्तु राखेको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखेको र अनुगमनका क्रममा गोदाम देखाउने लगायतका कार्यमा असहयोग गरेको प्रशासकीय अधिकृत सुवेदीले बताए । यो किराना पसललाई सुधार गर्न चेतावनीसहित २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*