मन्त्री खतिवडाद्धारा ए ग्रेडको एम्बुलेन्स हस्तान्तरण
हेटौंडा/हेटौंडा अस्पताललाई नेपाल भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञ सहितको सुविधा भएको एम्बुलेन्स हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक कार्यक्रमकाबीच आइतबार अस्पतालका मेसु डा रामचन्द्र सापकोटालाई हस्तान्तरण गरेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको निरीक्षण गर्दै मन्त्री खतिवडाले गुणस्तरीय स्वास्थ्यसेवा छिटोछरितो उपलब्ध गराउन आग्रह समेत गरेका छन।
–––







