अब्बल पहिचान बनाउँदै गणपती

साझाकुरा
२०७८ पुष ४, आईतवार १२:००

हेटौंडा-हेटौंडा–२ मा संचालित गणपती बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अब्बल रहेको पहिचान बनाउने दौडमा छ । करिब ३ वर्षअघि बन्द हुने स्थितिमा पुगेको गणपती नयाँ संचालक समितिमा रुपान्तरण भएपछि मकवानपुरको सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाउने दौडमा देखिएको हो । बचत, निक्षेप, पूँजी र शेयर सदस्य बृद्धिमा अब्बल देखिएको गणपती आगामी पाँच वर्षभित्र मकवानपुरमा पहिलो श्रेणीको सहकारीका रुपमा पहिचान बनाउने दौड रहेको हो ।

आर्थिक वर्ष २०७६÷ ०७७ मा ५३ लाख २३ हजार बचत रहेको गणपतीले एक वर्षको अन्तरालमा २०७७÷०७८ मा २ करोड ७२ लाख १६ हजार २ सय ९२ रुपैयाँ पु¥याएको छ । यो स्थित हेर्दा गणपतीले सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाउने मार्ग तय गरिसकेको छ । अघिल्लो आवको आधारमा गत आवमा २ सय ३५ प्रतिशतले सम्पति बृद्धि ८८ हजार ६ सय ९६ बाट २ लाख ९७ हजार १ सय ८७ रुपैयाँ पुगेको छ ।

शनिबार सहकारीले आफ्नो १० औं साधारणसभा सम्पन्न गरिरहँदा प्रतिवेदनअनुसार एक वर्षको अन्तरालमा शेयर सदस्य १ सय ८४ बाट ७ सय ९३ र हाल १ हजार ३ सय ५० जना छन् । शेयर पूँजी १० लाख ६२ हजार ७ सयबाट ५३ लाख ५३ हजार २ सय, बचत ५३ लाख २३ हजारबाट २ करोड ७२ लाख १६ हजार, कोषहरु ९० हजारबाट ५ लाख २५ हजार बृद्धि भएको छ । यो परिवर्तन सहकारीका अध्यक्ष बिष्णुप्रसाद घिमिरे (धु्रव)को नेतृत्वको टिमबाट भएको हो ।

यसैगरी लगानी हिसाब ३५ हजारबाट ३ लाख ९० हजार, सदस्यहरुलाई ऋण लगानी ४४ लाख ३१ हजार २ सयबाट २ करोड ८१ लाख ७४ हजार, आम्दानी ८ लाख ९७ हजार ७ सय ४९ बाट ३१ लाख ४ हजार १ सय, खुद बचत ७० हजार ३ सय ३८ बाट ८ लाख २५ हजार ९ सय पुगेको छ । सहकारीका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको साधारण सभामा हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभामा ११ जनालाई सम्मानसमेत गरिएको छ । संस्थापक अध्यक्ष नवराज शर्मा, राजकुमार तिमल्सिना सहित ११ जनालाई सहकारीले सम्मान गरेको हो ।

उत्कृष्ट बाल बचतकर्ताको रुपमा ग्लोरिना थापा मगर, उत्कृष्ट जेष्ठ नागरिक सदस्यका रुपमा टिका कुमारी तिमल्सिना, असल ऋणीको रुपमा लक्ष्मी थापा, अधिक समयावधि निक्षेपकर्ताको रुपमा कविता रिमाल, अधिक रकम निक्षेपकर्ताको रुपमा बबिता श्रेष्ठ, उत्कृष्ट गणपती बचतकर्ताका रुपमा राधाकृष्ण मैनाली, उत्कृष्ट दैनिक बचतकर्ताको रुपमा मछिन्द्रनाथ ढुंगाना र उत्कष्ट कर्मचारीको रुपमा अमिर चौलागाईं, अनिशाकुमारी उपाध्यायलाई सम्मान गरिएको हो ।

साधारणसभामा हेटौंडा उपमहानगरपाकिा ६ नम्बर वडा अध्यक्ष अर्जुन चौलागाईं, प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईं लगायतको आतिथ्यता रहेको थियो ।

उपाध्यक्षमा मैनाली मनोनीत

हेटौंडा-गणपती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं साधारणसभाबाट कार्यसमिति उपाध्यक्षमा कमलराज मैनाली र सदस्यमा मोहन उप्रेती मनोनीत भएका छन् । सहकारीका प्रबन्धक युवराज तिमल्सिना उपाध्यक्ष रहँदा दोहोरो पद हुने भएकोले नियमानुसार तिमल्सिनाले प्रबन्धक मात्र रोज्दै उपाध्यक्षबाट राजीनामा दिएपछि कार्यसमितिलाई सदस्य  रहेका मैनालीलाई उपाध्यक्ष र शेयर सदस्यबाट उप्रेतीलाई साधारणसभा बाट सदस्यमा मनोनीत गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*