अमृत धारापानीद्वारा रानी सामुदायिक वनको अवलोकन
हेटौंडा- हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको चितवनमा रहेको अमृतधारापानी सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुले अवलोकन गरेका छन । अवलोकनकर्ताहरुलाई रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले स्वागत गर्दै समूहले गरेका विभिन्न क्रियाकलापहरुको वारेमा जानकारी गराएका थिए ।
सहभागिहरुलाई समूहले गरेको संस्थागत विकास, आयआर्जन, वनपैदावार विक्री वितरण, व्यवस्थापन, महिला सहभागिता, पर्यापर्यटन, सामाजिक कार्य लगायतका विषयहरुमा जानकारी गराईएको थियो । सो अवसरमा समूहका उपाध्यक्ष केशव धिताल, सचिव नानीमाया रुम्वा, कार्यालय सचिव भीमसेन पोडेल र उपभोक्ता केदार अधिकारीले पनि समूहको गतिविधीको बारेमा जानकारी गराएका थिए ।
अमृतधारापानी सामुदायिक वनका अध्यक्ष रामबहादुर खड्का क्षेत्रीको नेतृत्वमा आएको टोलीमा समूहका पदाधिकारी, पूर्व अध्यक्ष डिभिजन वन कार्यालय, चितवनका वनप्राविधिक र उपभोक्ता गरि ४५ जनाको सहभागिता थियो । हाल सम्म रानी सामुदायिक वनको ५ सय ५४ वटा भ्रमण टोलीहरुले अवलोकन गरिसकेको समूहले जनाएको छ ।







