पिप्ले युवा क्लबमा घिमिरे
हेटौंडा-हेटौंडा–५ स्थित पिप्ले युवा क्लबको अध्यक्षमा सुशील घिमिरे चयन भएका छन् । क्लबको शनिबार भएको १५ औं वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा घिमिरेलाई पुनः अध्यक्षमा चयन गरेको हो । सभाले घिमिरेको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भरतकुमार सैंजु, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुदीप सापकोटा, सहसचिवमा सुदीपसिंह ठकुरी चयन भएका छन् । सदस्यहरुमा क्रमशः रवि थापा, रणबहादुर खनाल, विवेक अर्याललगायत चयन भएका छन् ।







