कोरोनाविरुद्धको ३ करोड खोप आउने स्वास्थ्य मन्त्री खतिवडाको दाबी

साझाकुरा
२०७८ पुष २२, बिहीबार १२:०४

हेटौंडा-स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ४ करोड खोप ल्याइएको र थप ३ करोड खोप आउने क्रममा रहेको दाबी गरको छन् । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्यसमेत रहनु भएका स्वास्थ्य मन्त्री खतिवडाले मकवानपुरको मनहरीमा कार्यकर्ता भेलामा भने भयो, ‘सबै नागरिकलाई दुईपटक खोप लगाउन सकिन्छ, त्यसपछि अर्को चरणको खोप दिन पनि तयार छु, तपाईंहरुले पो खोप लगाउनु भयो कि भएन ?’  मन्त्री खतिवडाले दुई पटक संसद विघटन गरेका केपी शर्मा ओलीले संसद अवरुद्ध पारेर कानुन बनाउने काममा अवरोध  गरेको मात्र बताए । ‘जसले संसद विघटन गरेर अपराध गरेको छ, हामीले पुनःस्थाना गरेको संसदमा उही लाज पचाएर मात्र आएको छैन, संसद चल्नै नदिएर समस्या पो पार्न खोजिरहेको छ ।’ उनले भने ।

नेता खतिवडाले राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार गोमा तिमिल्सिनासहित गठबन्धनका सबै उम्मेदवार विजयी हुने बताउँदै सूर्य चिन्हले चुनाव जित्छु भन्दै गाउँ आउनेहरुलाई यसपटक बाजी राखौँ भनेर प्रस्ताव गर्न पनि अनुरोध गरे । आफूले निरन्तर पश्चिम मकवानपुरको माया पाइरहेको र सकेको विकास पनि गरिरहेको बताउँदै मन्त्री खतिवडाले मकवानपुरमै जेष्ठ नागरिक अस्पताल स्थापनाका लागि पहल गरिरहेको बताए ।

कार्यक्रममा नेकपा
(एकीकृत समाजवादी)का पोलिट
ब्युरो सदस्य ललित बस्नेत, केन्द्रीय सदस्य गोमा तिमिल्सिना, राजाराम स्यांङ्तान, प्रदेश सदस्य गोविन्दराम चेपांग, जिल्ला अध्यक्ष श्रीधर  पोखरेल, सचिव विष्णु दाहाल, मनहरी इञ्जार्ज भूमिनन्द अर्याल, सहइञ्चार्ज मनिला विष्ट, जिल्ला सचिवालय सदस्य वीरेन्द्र डिसी, मनहरी अध्यक्ष नारायण श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कलाकारहरुले सांगीतिक प्रस्तुति पनि दिएका थिए ।
कार्यक्रममा दर्जनौँ व्यक्तिहरु नेपाली काँग्रेस, एमाले, राप्रपा र माओवादी परित्याग गरी प्रवेश गरेका थिए । प्रवेश गरेकाहरुलाई समेत जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजवादी मनहरीका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा ५ नं वडा कमिटी र अखिल नेपाल महिला संघ  गाउँ कमिटी समेत घोषणा गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*