प्रशासनले बाँड्यो न्यानो कपडा

साझाकुरा
२०७८ पुष २४, शनिबार १३:५४

हेटौंडा-जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मकवानपुरको बिकट राक्सिराङ र कैलाश गाउँपालिकामा ८ सय जनालाई न्यानो कपडा बितरण  गरेका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले राक्सिराङ र कैलाश गाउँपालिकाका अतिविपन्न चेपाङ र दलित समुदायका बालबालिका, जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरेका हुन् । राक्सिराङ गाउँपालिकाको वडा नम्बर २ कुडुलेको प्रजा प्रगति आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा एक सय ५० बालबालिकालाई ज्याकेट, २ सय जेष्ठ नागरिकलाई कम्बल र ५० जना एकल महिलालाई पछ्यौरा वितरण गरिएको हो ।

यस्तै, कैलाश गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा १ सय ५० बालबालिकालाई ज्याकेट, २ सय जेष्ठ नागरिकलाई कम्बल र ५० जना एकल महिलालाई पछ्यौरा वितरण गरिएको हो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुकमाया थिङ, राक्सिराङकी उपाध्यक्ष निर्मला हिमडुङ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, पुरानो नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाई, औषधि व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठ, प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ,
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मकवानपुरका उप अनुसन्धान निर्देशक पप्पु शर्मा, सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेस श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिलाई विभिन्न दाताबाट प्राप्त भएको १ सय थान न्यानो पछ्यौरा, ३ सय थान ज्याकेट र ४ सय थान कम्बल वितरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*