भरिया फरार, गाँजा बरामद
हेटौंडा-मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका वडा नम्बर–६ बाट प्रहरीले बेवारिसे अवस्थामा रहेको लागूऔषध गाँजा ६० केजी बरामद गरेको छ । गाँजा बोक्ने भरिया भने, फरार छन् । प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा शंकास्पद अबस्थामा ६० केजी गाँजा बरामद गरेको हो । पिठ्युमा बोरा बोकी हिडिँरहेको अवस्थामा गस्ती टोलीलाई देख्नसाथ बोरा फाली भागेकोमा उक्त बोरा खोली हेर्दा लागूऔषध गाँजा ६० किलो बरामद गरिएको प्रहरीले जनाएको छ । लागूऔषध गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।







