म्यान मकवानपुरको १० औं साधारणसभा

साझाकुरा
२०७८ पुष २५, आईतवार १३:१४

हेटौंडा-मकवानपुरमा मोबाइल व्यवसाय गरिरहेका व्यवसायीहरुको छाता संगठन मोबाइल एसोसिएसन अफ नेपाल  (म्यान)मकवानपुरको १० औं साधारण सभा भएको छ । नेपाल मोवाइल एसोसिएसन महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको प्रमुख अतिथ्यता तथा म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाको सभाध्यक्षतामा शनिवार हेटौंडामा साधारणसभा भएको हो । मोवाइल व्यवसायीहरुको हकहितमा आफ्नो काम गर्दै आइरहेको म्यान मकवानपुरले आव २०७७÷ ०७८ मा ३ लाख ३ हजार सात सय बराबरको कारोबार गरेको छ ।

कार्यक्रममा हेटौंडा–१ वडा अध्यक्ष अध्यक्ष सविन न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट, राजु अधिकारी, संस्थापक अध्यक्ष छतेन्द्र आचार्यको आतिथ्यता रहेको थियो । म्यान मकवानपुरका सल्लाहकार महेन्द्र राउत, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष तेजराज अधिकारी, मोबाइल वितरक संघ हेटौंडाका संयोजक  रोहिनी प्रसाद गौतम, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, म्यानका निर्तमान अध्यक्ष एसिस रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*