प्रमुख सचिव शर्माको सरुवा

साझाकुरा
२०७८ पुष २६, सोमबार १०:४४

हेटौंडा-बागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्माको सुरुवा भएको छ । उनलाई सरकारले रक्षा मन्त्रलायमा सरुवा गरेको हो । सरकारले बागमतीका प्रमुख सचिव शर्मासहित ६ जना सचिवको सुरुवा गरेको हो । मन्त्रिपरिषद्को अघिल्लो बैठकले सचिवहरुको सुरुवा गरेपनि हालसम्म गोप्य राखिएको पाइएको छ । बागमतीसहित दुई प्रदेशका प्रमुख सचिवलाई सिंहदरवारमा सरुवा गरिएको छ । दुईजना प्रमुखसहित ८ जना विशिष्ठ श्रेणीका कर्मचारीको एकैपटक सरुवा भएको छ ।

प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवमा, रिक्त रहेको प्रदेश २ सरकारको प्रमुख सचिवमा भर्खरै सचिव बढुवा भएका कृष्ण बहादुर राउत, महिला मन्त्रलायको सचिव रहेकी यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । सुदूरपश्चिम प्रदेशमा प्रमुख सचिव रिक्त रहेको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकारका सचिव सुशीलचन्द्र तिवारीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*