जामे मस्जिदमा हुसैनको प्यानलनै विजयी
हेटौंडा-जामे मस्जिद समिति हेटौंडाको आठौं अधिवेशनबाट जाबेद हुसैनको प्यानलनै विजयी भएका छन् । शनिबार भएको निर्वाचन प्रक्रियाबाट निजामुद्दिन अन्सारीलाई १७ मतान्तरले पराजित गर्दै हुसेन अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्ष कयस अन्सारी विजयी भएका छन् । उनले अर्का प्रतिस्पर्धी हातिम अन्सारीलाई पराजित गरेका हुन् । सचिव जाकिर हुसेन निर्वाचित भए । उनले निकटतम् प्रतिस्पर्धी शेख जाहेगिरलाई पराजित गरे । कोषाध्यक्ष मुस्तफा अन्सारी निर्वाचत भएका छन् । उनले अन्जर साहलाई पराजित गरेका हुन् । समितिमा सदस्यहरुमा आजद अन्सारी, अब्दुल समद, तयस मिया अन्सारी, मो.जियाउल हक (समिर), रेयज अन्सारी र सल्मान खान निर्वाचित भएको जनाइएको छ । समितिको कार्यकाल ३ बर्षे कार्यकाल हुनेछ । जित हासिल गर्ने ११ सदस्यीय सबै हुसेनको प्यानलका हुन् ।







