मास्टर चोकबाट ६ जना लागूऔषधसहित पक्राउ

साझाकुरा
२०७८ पुष २७, मंगलवार ०९:३३

हेटौंडा-हेटौंडा–९ मास्टर चोकबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले हेटौंडा उपमहानगरपालिका–९ मास्टरचोकबाट अवैध लागूऔषधसहित ६ जनालाई  पक्राउ गरेको जिल्ला प्रहरी  कार्यालय मकवानपुरका प्रहरी  निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । पक्राउ पर्नेहरुमा
सुनसरी घर भइ हाल हेटौंड–९ मास्टरचोकस्थित शंकर केसीको  घरमा डेरा गरी बस्ने २५ वर्षीय बिशाल बिक, सोही ठाउँ बस्ने २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटांैडा–१० बस्ने १८ वर्षीय सुमितकुमार बानियाँ रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको  हो । विशेष सुचनाको आधारमा पुगेको प्रहरी टोलीले उक्त घरमा बस्ने बिशाल विकको कोठा चेकजाँच गर्दा नाइट्राजेपाम ९७ ट्याब्लेट, नेमाडोल १ सय ४८ क्यापसुल, स्टगन १६ ट्याब्लेट, सिओना  २ सय १२ ट्याब्लेट र १६ ग्राम गाँजा बरामद गरेपछि निजहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*