दुर्गम क्षेत्रको विद्यालयमा चार कोठे भवन निर्माण
हेटौंडा-मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा बाराही आधारभुत विद्यालयको ४ कोठे भवन तयार पारिएको छ । दुगर्म क्षेत्रमा बाराहीको ४ कोठे भवन ६८ लाख ८९ हजार लागतमा तयार पारिएको हो । भवनको सोमबार गाउँपालिका अध्यक्ष हिदम लामाले विद्यालय भवनको उद्घाटन गरेका छन् । आठ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल एक सय जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालय भवन उद्घाटन कार्यक्रममा उपाध्यक्ष पार्वती राना, ५ नम्बर वडा अध्यक्ष जहारसिं लामा, गाउँपालिकाको शिक्षा प्रमुख गोविन्द चौलागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रेग्मीको पनि आतिथ्य रहेको थियो । विद्यालयमा ४ जना स्थायी दरबन्दीका शिक्षक छन् । एक जना राहत दरबन्दीका र एक जना गाउँपालिकाको बजेटमा नियुक्त गरिएको छ ।







