भैरब आधारभूत विद्यालयमा न्यानो कपडा
हेटौंडा-हेटौंडा–१ भैरबडाँडास्थित भैरब आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ । द सन अफ लाइटको सहयोगमा विद्यालयमा अध्ययनरत् ५५ जना विद्यार्थीहरुको लागि न्यानो कपडा ट्रयाक सुट र टी–सर्ट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले जानकारी दिए । उनका अनुसार वडा अध्यक्ष सबिन न्यौपानेद्वारा हेटौंडा–६ चौघडा निवासी राजु गुरुङको समन्वयमा द सन अफ लाइटले न्यानो कपडा वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुनारको सभाध्यक्षता तथा लाइटका अध्यक्ष शान्तारत्न शाक्यको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष सविन न्यौपानेको विशेष अतिथ्यतामा न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा लाइटका महासचिव सुरेशमान महर्जन, सोनी गुरुङ, यज्ञरत्न धाख्वा, शीशिर खड्गी लक्ष्मी गिरी, राजभाई बज्राचार्य, दीपेन्द्र बज्राचार्य र नविना श्रेष्ठलगायतको सहभागिता थियो । न्यानो कपडा पाएपछि विद्यार्थीहरु निकै हर्षित भएका थिए । न्यानो कपडा वितरण गर्दै लाइटका अध्यक्ष शाक्यले संस्थाले वितरण गरेको न्यानो कपडाले विद्यार्थीहरुको अध्ययनमा टेवा पुग्ने बताए । उनले अभिभावकहरुले पनि आफ्ना नानीबाबुको स्वास्थ्य र अध्ययनमा विशेष ध्यान दिनुपर्ने बताए । वडाध्यक्ष न्यौपानेले सहयोगी संस्थालाई धन्यवाद दिँदै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई यस्ता सहयोगले अध्ययनमा थप हौसला मिल्ने बताए । कार्यक्रममा शिक्षक सुमित्रा देवकोटा, समाजसेवी कमलचन्द्र सुमनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।







